पुटिनद्वारा पाँचौं कार्यकालका लागि राष्ट्रपतिको रुपमा पदभार ग्रहण

इनेप्लिज २०८१ वैशाख २५ गते १०:१७ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन समारोहमा रूसको राष्ट्रपतिको रूपमा आफ्नो पाँचौं कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन्।

पुटिनले गत मार्चमा सम्पन्न रूसको चुनावमा भारी बहुमतले जितेका थिए । उनले आफ्नो लागि अर्को छ वर्षको कार्यकाल सुरक्षित गरेका छन् ।

क्रेमलिनमा मंगलबार आयोजित उद्घाटन समारोहमा रुसका शीर्ष सैन्य र राजनीतिक व्यक्तित्व हरू उपस्थित थिए। तर संयुक्त राज्य अमेरिका र धेरै युरोपेली राष्ट्रहरूले प्रतिनिधि पठाउन अस्वीकार गरेको सिएनएनले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले गत सोमबार भने, “हामीले त्यो निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष मानेका छैनौं, तर उनि रुसका राष्ट्रपति हुन् ।”

प्रतिक्रिया