टाइटानिकका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन

हिलले ११ वटा ओस्कार पुरस्कार जित्ने चलचित्र "रिटर्न अफ द किंग" मा भूमिका निर्वाह गरेका थिए ।

इनेप्लिज २०८१ वैशाख २३ गते १९:४६ मा प्रकाशित

टाइटानिक’ का अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ ।

“द लर्ड अफ द रिङ्सः द रिटर्न अफ द किंग” जस्ता प्रख्यात चलचित्र लगायत ‘टाइटानिक’ मा सेनापति(क्याप्टेन)को भूमिका निर्वाह गर्ने र जहाजसँगै डुबेका अभिनेता बर्नार्ड हिलको निधन भएको छ ।

७९ वर्षीय हिलको आइतवार बिहान निधन भएको कार्यकर्ता लू कुलसनले बताए ।

हिलले ११ वटा ओस्कार पुरस्कार जित्ने चलचित्र “रिटर्न अफ द किंग” मा भूमिका निर्वाह गरेका थिए ।

“टाइटानिक” मा हिलले सेनापति (क्याप्टेन )एडवर्ड स्मिथको भूमिका निर्वाह गरेका थिए । १९९७ मा कलाकार लियोनार्डो डिक्याप्रियो र केट विन्सलेट अभिनीत टाइटानिकमा अद्वितीय भूमीका निर्वाह गर्ने उक्त चलचित्रले फिल्मले ११ वटा एकेडेमी पुरस्कार समेत जितेको थियो ।

उनले थुप्रै चलचित्रहरुमा अभिनय गरेका छन् भने थुप्रै सम्मान पनि पाएका छन् ।

प्रतिक्रिया