एमएस-१३ गिरोहमा संलग्नताका आरोपित अब्रेगो गार्सियाको अमेरिका फिर्तीमा ट्रम्पको कडा प्रतिक्रिया: “उनी निकै खराब व्यक्ति हुन्”

इनेप्लिज २०८२ जेठ २५ गते १०:५१ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले एमएस–१३ गिरोह सदस्य आरोपित किल्मार अब्रेगो गार्सियाको अमेरिकामा पुन: आगमनबारे प्रतिक्रिया दिँदै “उनी एकदमै खराब व्यक्ति हुन्” भनेका छन्। उनले अब अदालतले देखाउनेछ उनि कति भयावह छन् भन्दै न्याय विभागको निर्णयप्रति पूर्ण विश्वास व्यक्त गरे।

शुक्रबार राष्ट्रपतिको बिशेष बिमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “अमेरिकी न्याय बिभागको निर्णय राम्रो छ। उनीहरूले सही काम गरेका छन्।” साथै उनले केही न्यायाधीशहरूलाई आलोचना गर्दै भने, “केही स्थानीय न्यायाधीशहरूले देश चलाउने प्रयास गरिरहेका छन्, जुन असंवैधानिक हो।”

२९ बर्षिय अब्रेगो अवैध आप्रवासीलाई गत मार्चमा ट्रम्प प्रशासनले एल साल्भाडोरको उच्च सुरक्षा कारागार मा निर्वासित गरेको थियो। उनीमाथि मानव तस्करी, षड्यन्त्र, तथा एमएस–१३ गिरोहसँग सम्बन्ध भएको आरोप लगाएको छ।

तर, डेमोक्र्याट नेताहरूले उनलाई “गल्तीले निर्वासित गरिएका मेरील्यान्ड निवासी” भन्दै पुनः अमेरिका ल्याउन दबाब दिएका थिए। अब्रेगोलाई मानव तस्करी र आप्रवासी तस्करीको षड्यन्त्र अभियोगमा टेनेसीको संघीय अदालतमा मुद्दा चलाइने भएको छ।

अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले पुष्टि गर्दै भनिन् “अब्रेगो गार्सिया अब अमेरिकामा छन् र न्यायको सामना गर्नेछन्। उनलाई एक दशक लामो तस्करी सञ्जालको मुख्य सदस्यका रूपमा अभियोग लगाइएको छ।”

यसबीच, डेमोक्र्याट सांसद क्रिस भ्यान होलनले ट्रम्प प्रशासनले “संविधानको अवहेलना गर्दै आएको” भन्दै अदालतको आदेश पालना गर्न बाध्य भएको दाबी गरे।

प्रतिक्रिया