हमासद्वारा युद्धविराम वार्ता जारी राख्दै गर्दा इजरायल-गाजा सीमा नाकामा आक्रमण

इनेप्लिज २०८१ वैशाख २३ गते १६:३१ मा प्रकाशित

हमासले युद्धविराम वार्ता जारी राख्दै गर्दा इजरायल-गाजा सीमा नाकामा आक्रमण गरेको छ ।

हमास लडाकुहरूले आइतबार गाजा भूभागमा मानवीय सहायता पुर्‍याउन इजरायलको मुख्य नाका चौकीमा आक्रमण गरेको सिबिएसन्यूजले जनाएको छ ।

इजरायलको केरेम शालोम नाकामा भएको आक्रमणमा धेरै इजरायलीहरू घाइते भएका छन् । जसको कारण गाजामा खाद्यान्न र अन्य मानवीय सहायताको महत्वपूर्ण ढुवानीमा बाधा पुर्‍याएको छ ।

इजरायली सेनाले केरेम शालोम नाकामा १० वटा प्रक्षेपण भएको जनाएको छ । हमासले उक्त क्षेत्रमा इजरायली सैनिकलाई निशाना बनाएको बताएको छ । इजरायलको एक संचार माध्यम (च्यानल १२ )ले १० जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

सेनाले पार -गमन तुरुन्तै बन्द गरेको छ । त्यहाँबाट कडा प्रभावित गाजामा सहायता हस्तान्तरण रोकिएको छ । गाजामा खाद्यान्न, औषधि र अन्य मानवीय सामग्रीको अभावमा मानवीय संकटको सामना गरिरहेको बेला यो घटना भएको हो।

इजिप्ट र हमासका अधिकारीहरूले छलफल भइरहेको सम्झौताले हमासद्वारा कब्जामा रहेका इजरायली बन्धकहरूको रिहाइको बदलामा युद्धमा विस्तारित विरामको लागि आह्वान गरेको छ।

गत शनिबारको युद्धविराम वार्ता कुनै प्रगति बिना समाप्त भएको काइरो वार्ताको नजिकको हमास स्रोतले सीबीएस न्यूजलाई बताए।

इजरायलले वार्तामा कुनै प्रतिनिधिमण्डल पठाएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सल्लाहकारले शनिबार सीबीएस न्यूजलाई भने, “गाजामा हमासको अन्त्यसँगै युद्धको अन्त्य हुनेछ।”

यसैबीच, इजरायलका रक्षामन्त्रीले “नजीकको भविष्यमा रफाह र गाजाका अन्य ठाउँहरूमा शक्तिशाली कारवाहीको चेतावनी दिए।

इजिप्ट र कतारले संयुक्त राज्य अमेरिकासँग युद्धविरामको मध्यस्थताका लागि काम गरिरहेका छन्।

सीआईए निर्देशक विलियम बर्न्स वार्ताका लागि गत शुक्रबार इजिप्टको कायरो पुगेका थिए। प्रस्तावित सम्झौतामा हमासले प्रत्येक बन्धकलाई रिहा गर्न इजरायलले कारागारमा रहेका प्यालेस्टिनीहरूलाई रिहा गर्नुपर्नेछ।

प्रतिक्रिया