सादिक खान तेश्रो पटक लन्डनको नगर प्रमुखमा बिजयी

इनेप्लिज २०८१ वैशाख २३ गते १०:३४ मा प्रकाशित

सादिक खान तेश्रो पटक लन्डनको नगर प्रमुखमा बिजयी भएका छन् ।

खानले बेलायतको स्थानीय चुनावमा लेबर पार्टी (श्रम दल )का लागि बलियो प्रदर्शन गर्दै लन्डनको नगर प्रमुख (मेयर)को रूपमा तेस्रो कार्यकाल जितेका छन्

खानले सन् २०१६ मा सुरु भएको बेलायतको राजधानी लण्डनमा आफ्नो नियन्त्रण विस्तार गर्न कन्जरभेटिभ दलका (रुढीवादी) प्रतिद्वन्द्वी सुसान हललाई करिब ११ प्रतिशत अंकले हराएर ४३.७% मतले जितेका थिए।

कन्जरभेटिभहरूले बिहीबार १० स्थानीय परिषदहरू र लगभग ५०० परिषदकाहरूको नियन्त्रण गुमाएको सिएनएनले उल्लेख गरेको छ ।

९० लाख मानिस बसोबास गर्ने यो शहर समग्रमा बेलायतको तुलनामा धेरै बहुसांस्कृतिक, उदारवादी र युरोपेली समर्थक हो ।

खानले प्रमुख प्रदूषकको रूपमा शहरको प्रतिष्ठालाई हटाउने प्रयासमा उत्सर्जन-बिच्छेद (एमिसन कटिंग)नीतिहरूलाई प्राथमिकता दिएका छन् । लन्डन मै जन्मिएका खान एक बेलायती राजनीतिज्ञ हुन् ।

खानको जन्म सेन्ट जर्ज अस्पताल टुटिङ, लन्डनमा पाकिस्तानी आमाबाबुको घरमा ८ अक्टोबर १९७० मा भएको थियो। उनि अर्ल्सफिल्ड लन्डनमा हुर्किएका हुन् । ८ मे २०१६ देखि लन्डनको नगर प्रमुख रहेका छन् । उनी टुटिङ क्षेत्रबाट लेबर पार्टी(दल)का सांसद (एमपी) पनि थिए।

सन् २०१६ मा खानले ५७ % मत प्राप्त गरेर नगर प्रमुखमा निर्वाचित भए पछि यो समेत तेश्रो पटक बिजयी भएका हुन् । उनी बेलायतको राजधानी लन्डनमा नगर प्रमुख निर्वाचित हुने पहिलो मुसलमान हुन् ।

प्रतिक्रिया