२०२५ का लागि विविधता चिट्ठा(डिभी लटरी )को नतिजा प्रकाशित : को को भाग्यशाली अमेरिका आउने भए त ?

इनेप्लिज २०८१ वैशाख २२ गते २१:४४ मा प्रकाशित

सन् २०२५ का लागि विविधता चिट्ठा(डिभी लटरी )को नतिजा प्रकाशित भएको छ । आज अमेरिकी पूर्वीय समय अनुसार मे ४ ,२०२४ का दिन दिउसो मध्यान्ह देखि नतिजा अर्थात् रिजल्ट खुलेको छ ।

अमेरिकी विदेश बिभागको संजालस्थल(आधिकारिक)वेबसाइटका अनुसार आफ्नो पुष्टिकरण (कन्फर्ममेसन नम्बर)राखेर आफूलाई परेको हो या हैन भन्ने जाँच गर्न सकिने जनाएको छ ।

यसै गरि २०२४ को धमाधम अन्तर्वार्ता हुदैछ र अमेरिका आउने क्रम जारी छ ।

यो चिट्ठा विविधता चिट्ठा सन् २०२५ को लागि नतिजा प्रकाशित भएको हो । सेप्टेम्बर ३० ,२०२५ सम्म दोश्रो पत्र पाउनेहरुको अन्तर्वार्ता भए पछि र उत्रीण भए पछि मात्र अमेरिका आउने खुल्नेछ । प्रथम तथा दोश्रो पत्र प्राप्त गर्ने बित्तिकै अमेरिका आउन पाउने भन्ने प्रत्याभूति (ग्यारेन्टी)भने हुदैन ।

चिट्ठा भर्ने जो कसैको पनि शैक्षिक योग्यता कम्तिमा १२ कक्षा उत्रीण भएको हुनु पर्नेछ । विविधता चिट्ठा परेकाहरुले जब सम्म अमेरिकाको लागि अमेरिकी दुताबासले भिसा(प्रवेशाज्ञा )दिदैन तब सम्म धैर्यधारण गर्न पर्ने हुन्छ । पहिलो पत्र र दोश्रो पत्र प्राप्त गर्ने बित्तिकै अमेरिका जाने निश्चित भयो भनेर नसोचौ ।

साथै १२ कक्षा उत्रीण नै नगरी नक्कली शैक्षिक प्रमाणपत्रहरु बुझाएको कारण बिगतमा थुप्रै व्यक्तिहरु नेपाल प्रहरीको फन्दामा परेका छन् । यस बिषयमा गम्भीर भै १२ कक्षा उत्रीण नभएकाले कहिले पनि आवेदन पत्र नभरौ ।

जब सम्म प्रवेशाज्ञा पाइदैन ,चिट्ठा सम्बन्धी आफ्ना घर परिवार भित्रै सीमित राख्न सकिएमा अझ राम्रो हुनेछ । विविधता चिट्ठा पाउने बित्तिकै हर्ष र खुसीको कारण सबैलाई हल्ला फिजाउने हुँदा बिगतमा थुप्रै जनाको भिसा रद्ध अर्थात् भिसा नपाएका कारण मानिसहरु ज्यादै दुखिद भएका र मानसिक स्वास्थ्यमा समेत असर परेको देखिएको छ । साथै यहाहरुको स्वास्थ्यमा पनि त्यतिकै ध्यान दिनु होला । चिट्ठा परेका तर स्वास्थ्यको कारण कहिलेकाही आउन नपाएका मानिसहरु पनि देखिएकोले यसमा पनि विचार गरौ र सचेत हौ ।

अहिले बाइडेन प्रशासनको कार्यकालमा कागजात थुप्रै बुझाउन नपर्ने भएको छ । अर्थात् चिट्ठा परेकाहरुलाई अमेरिकामा बसोबास गर्नेले केवल स्वागत पत्र (वेलकम लेटर )लेखेमा मात्र अमेरिका आउन पाउने छन । अमेरिकाको डिसी क्षेत्रमा बसोबास गर्ने समाजसेवी प्रशन्न संग्रौलाले २०२४ का चिट्ठा परेका ४ जनालाई स्वागत पत्र लेखि अमेरिका ल्याउन मद्धत गरेका छन् ।

स्मरण रहोस , अमेरिकामा बसोबास गर्नेहरुले नेपालमा चिट्ठा परेकाहरुलाई समेत सौजन्य (स्पोनसर)गर्ने भनि आर्थिक लाभ समेत बिगतमा उठाएको सुनिएकोले यस्ता क्रियाकलाप तथा व्यक्तिहरुसंग टाडा रहनु पर्दछ ।

चिट्ठा परे पछि र लगभग आउने निश्चित भएमा आफन्त ,साथीभाई ,इष्टमित्र,छिमेकी ,परिवार तथा अन्य जो कोहीसंग पनि बुझ्न सकिने छ । अमेरिका आउन जे पनि गर्न तयार भएको जस्तो कदापी गर्नु हुदैन । सोध ,खोज र अनुसन्धान गर्नु नै बेस हुनेछ ।

तपाईलाई चिट्ठा पर्यो कि परेन भन्ने बारेमा यस सिक्री(लिंक)मा थिच्नु होला : https://dvprogram.state.gov/

प्रतिक्रिया