हमास प्रतिनिधिमण्डल युद्धविरामका लागि कायरो फर्कदै

इनेप्लिज २०८१ वैशाख २२ गते १०:४८ मा प्रकाशित

इजरायलसँग युद्धविरामका लागि वार्ता जारी राख्न हमासको प्रतिनिधिमण्डल शनिबार इजिप्ट फर्किने भएको छ ।

समूहले युद्धविराम प्रस्तावको प्रतिक्रियामा नेतृत्वमा “सकारात्मक भावना” रहेको बताउँदै एक विज्ञप्ति जारी गरेको छ ।

“हामी एक सम्झौतामा पुग्न त्यही भावनामा कायरो जाँदैछौं।” समूहद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

हामी [हमास] आक्रामकताको पूर्ण अन्त्य, कब्जा गर्ने सेनाको फिर्ता, विस्थापितहरूको फिर्ताको लागि हाम्रा जनताको मागहरू पूरा गर्ने तरिकाले सम्झौतालाई परिपक्व गर्न कटिबद्ध छौं। हाम्रा जनताका लागि राहत, पुनर्निर्माणको शुरुवात र गम्भीर आदानप्रदान सम्झौताको समापन गर्न तयार रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया