इराकी टिकटक प्रसिद्ध कलाकार उम फहादको बग्दादमा गोली हानी हत्या

इनेप्लिज २०८१ वैशाख १६ गते ९:३० मा प्रकाशित

इराकी टिकटक प्रसिद्ध कलाकार उम फहादको बग्दादमा गोली हानी हत्या भएको छ ।

इराकी सामाजिक संजाल प्रसिद्ध व्यक्ति/कलाकार गुफ्रान सवादी, जसलाई उम फहाद भनेर चिनिन्छ, इराकको राजधानी बगदादमा गत शुक्रबार राति उनको घर बाहिर गोली हानी हत्या गरिएको बगदाद प्रहरी स्रोतले सीएनएनलाई बताएको छ ।

हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो । यसलाई निगरानी अङ्कीयचित्रक (क्यामेरा)ले श्रब्य दृश्यमा कैद गरी सामाजिक सञ्जालमा साँझा (शेयर) गरेको थियो। श्रब्यदृश्यमा भटभटे (मोटरसाइकल)मा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ । बगदाद प्रहरी स्रोतले सीएनएनलाई श्रब्यदृश्यको प्रामाणिकता पुष्टि गरेको छ।

“अज्ञात आक्रमणकारीहरूले सामाजिक सञ्जालमा परिचित महिलाको हत्याको अवस्था पत्ता लगाउन विशेष कार्य टोली गठन गरिरहेको आन्तरिक मन्त्रीले गत शुक्रबार घोषणा गरे ।

सवादी टिकटकमा लोकप्रिय थिइन्, जहाँ उनले आफैंलाई कसिएको कपडामा पप संगीतमा नाच्ने श्रब्यदृश्यहरू साझा गरेकी थिइन् । विगतमा, यी श्रब्यदृश्यहरूलाई इराकको न्यायपालिकाले अनुपयुक्त मानेको थियो।

इराकी न्यायपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लङ्घन गर्ने धेरै चलचित्र र श्रब्यदृश्यहरू निर्माण र प्रकाशन गरेको अपराधमा सावदीलाई छ महिनाको कारागार सजाय सुनाइएको छ।”

हालसालै अर्को लोकप्रिय इराकी टिकटक व्यक्तित्व, नूर बीएम भनेर चिनिने नूर अलसफरलाई सेप्टेम्बर २०२३ मा बगदादमा गोली हानी मारिएको थियो।

प्रतिक्रिया