अमेरिकाको कनेक्टिकटका नाईहरूले बच्चा सडक बीचमा एक्लै हिड्दै गर्दा बचाए ,उनीहरुको सर्वत्र प्रशंसा

इनेप्लिज २०८१ वैशाख १३ गते ११:१७ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यका नाईहरूले सडकमा गाडी आवत जावत गरि रहेको अवस्थामा बच्चा सडकमा हिड्दै गर्दा बचाएकोले उनीहरुको सर्वत्र प्रशंसा गरिएको छ ।

उनिहरुले बच्चा सडकमा हिड्दै गर्दा नाईहरूले आउँदै गरेको गाडीहरुबाट बचाउदै बच्चालाई सकुसल उद्धार गरे पछि उनीहरुलाई नायकको रूपमा प्रशंसा गरियो।

कनेक्टिकटको ईस्ट हार्टफोर्डका दुई नाई(हजाम)लाई नायकको रूपमा स्वागत गरिएको छ । स्थानीय प्रहरीका अनुसार लुक शार्प बार्बरशप( हजम पसल)का नाई ओस्वाल्डो लुगो र राफेल सान्टानाले कपाल काटिरहेका थिए जब उनीहरूले बच्चा सडकमा एक्लै देखे र बच्चाको मद्दतमा दुवै दौडे।

उद्धारका लागि वीर नाईहरू ! आज, हामी लुकशार्प बार्बरशपका द्रुत-सोच्ने र साहसी जोडी ओस्वाल्डो लुगो र राफेल सान्टानाको प्रशंसा गर्छौ । तिनीहरूको द्रुत कार्यले एउटा सानो बच्चालाई बचायो जो आफ्नी आमाबाट भागेका थिए । “पूर्वी हार्टफोर्ड प्रहरी विभागले मंगलबार सामाजिक संजाल (फेसबुक )प्रकाशन उनीहरूलाई धन्यवाद दिएका छन् ।

साथै विभागले सामाजिक संजालमा एक सम्भावित त्रासदीबाट बच्यो, र एक परिवार पूर्ण रह्यो। हामी यी नायकहरूको लागि अविश्वसनीय रूपमा कृतज्ञ छौं भन्दै प्रशंसा गरेको छ ।

प्रतिक्रिया