अमेरिकाको न्यूमेक्सिको राज्यमा २ महिलाको हत्यासंगै १० महिनाको शिशु बालिका अपहरणमा , संदिग्धको ब्यापक खोजी जारी

इनेप्लिज २०८१ वैशाख २२ गते १९:३३ मा प्रकाशित

अमेरिकाको न्यूमेक्सिको राज्यमा २ महिलाको हत्यासंगै १० महिनाको शिशु बालिका अपहरणमा परेकी छन् । प्रहरीका अनुसार संदिग्धको ब्यापक खोजी जारी रहेको छ । १० महिनाको शिशुको अपहरणको साथै ५ वर्षीय बालक घाइते भएका छन् ।

प्रहरीले १० महिनाकी एलिया मारिया टोरेसका लागि एम्बर अलर्ट अर्थात् खतरनाक चेतावनी जारी गरेको थियो।

न्यू मेक्सिकोको क्लोभिसमा अझै उनको खोजी भइरहेको छ । प्रहरीले १० महिनाको बच्चालाई अपहरण गरेपछि बच्चाको आमा सहित दुई महिलालाई बन्दुकको गोली लागेर मृत अवस्थामा फेला पारेको छ ।

साथै ५ वर्षको बच्चा फेला परेको र उनि घटनास्थलमा घाइते अवस्थामा फेला परेका थिए । प्रहरीले बालिका इलिया मारिया टोरेसको लागि शुक्रबार एम्बर अलर्ट( खतरनाक चेतावनी )जारी गरेको थियो भने शनिबार बिहान सम्म अझै सक्रिय रहेको एबिसीन्यूजले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार टोरेसको खैरो आँखा र खैरो कपाल रहेको छ । साथै उनको उचाई २८ इन्च तथा उनको वजन २३ पाउण्ड रहेको छ ।

संदिग्ध व्यक्तिको पहिचान अझै पनि अज्ञात रहेको छ । यद्यपि प्रहरी अधिकारीहरुका अनुसार संदिग्ध होन्डा गाडी (कार)मा हुन सक्ने जानकारी दिएका छन् ।

गत शुक्रबार साँझ करिब ४:२६ बजे स्थानीय समय अनुसार क्लोभिस प्रहरीले क्लोभिसको उत्तरमा रहेको नेड हुक पार्क(उद्यान)मा दुई महिला मृत फेला परेको बारे खबर प्राप्त गरेका थिए ।

प्रहरीहरु त्यहाँ आइपुगेपछि दुई महिलाहरु बन्दुकको गोली लागेको अवस्थामा सिल्भर डज मिनिभ्यान(सानो भारबाहक गाडी) नजिकै भुइँमा लडिरहेका भेटिएका थिए ।

घटनास्थलमा रहेका अधिकारीहरूले घटनास्थलमा एउटा शिशुलाई घुमाउने ठेल्ने चार चक्के गाडी (स्ट्रोलर )र एउटा सानो बच्चाको सानो सिसी (बोतल)फेला पारे र तुरुन्तै शिशुको खोजी गर्न थालेका थिए ।

घटनास्थलमा अधिकारीहरूले ५ वर्षीया बालिकालाई टाउकोमा चोट लागेको अवस्थामा जमीनमा फेला परेका थिए । अधिकारीहरूले बच्चालाई प्लेन्स क्षेत्रीय चिकित्सा केन्द्र (मेडिकल सेन्टर)मा पुर्‍याउनु अघि प्राथमिक उपचार गरेका थिए ।

बेपत्ता शिशु र घाइते ५ वर्षीया बालिकाकी आमा सामन्था सिस्नेरोस र न्यू मेक्सिको निवासी २३ वर्षीय ट्यारिन एलेन भएको प्रहरीले पुष्टि गरेको छ ।

बालकलाई पछि टेक्ससको लबक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनको हालको अवस्था अज्ञात रहेको एबिसीन्यूजले जनाएको छ । प्रहरी अधिकारीहरुका अनुसार अनुसन्धान अझै जारी रहेको छ ।

प्रतिक्रिया