अमेरिकी र इजरायलका अधिकारीहरू युद्धविराम सम्झौतालाई अन्तिम रूप दिन कायरोमा

इनेप्लिज २०८१ वैशाख २२ गते १५:१३ मा प्रकाशित

अमेरिकी र इजरायलका अधिकारीहरू युद्धविराम सम्झौतालाई अन्तिम रूप दिन कायरोमा पुगेका छन् भने उनीहरुले केही दिन लाग्ने बताएका छन् ।

वार्ताकारहरूले शनिबार कायरोमा भेट्दा अमेरिकी र इजरायली अधिकारीहरूले गाजामा बन्धकहरूको रिहाईको साथै अस्थायी युद्धविरामलाई जोड्ने ढाँचा(फ्रेमवर्क)मा कुनै पनि सम्भावित सम्झौतालाई सम्झौताको विस्तृत विवरणहरूमा निरन्तर वार्ताले पछ्याउने (फलो-अप )बताए ।

दुई पक्षबीच अन्तिम सम्झौता हुन अझै केही दिन लाग्ने बताइएको छ । वार्ताकारहरूले सम्भावित सम्झौताको प्राविधिक पक्षहरूमा प्रगति गरि रहेको तर दुई इजरायली स्रोतहरूले यो सम्झौतालाई अन्तिम रूप दिन एक हप्ता लाग्न सक्ने बताए ।

हमासले शनिबार कायरोमा मध्यस्थकर्ताहरूसँग भेट गरेपछि मोसादका निर्देशक डेभिड बर्निया इजरायलमै रहेका छन् । तर इजरायली स्रोतहरूका अनुसार यदि हमास सम्झौता ढाँचा (फ्रेमवर्क)मा सहमत भएमा उनी तुरुन्तै इजिप्ट जान सक्नेछन्।

बहुदलीय वार्तामा संयुक्त राज्य अमेरिकाका लागि प्रमुख वार्ताकारको रूपमा काम गरेका सीआईए निर्देशक बिल बर्न्स कायरोमा छन् ।

प्रतिक्रिया