अमेरिकाको मायामी विमानस्थलमा लुगा भित्र लुकाएर सर्प लान खोज्ने व्यक्ति प्रकाउ

इनेप्लिज २०८१ वैशाख २२ गते १८:४९ मा प्रकाशित

अमेरिकाको मायामी विमानस्थलका अनुसार एक ब्यक्तिले आफ्नो प्यान्ट(सुरुवाल )भित्र मा सर्प लिएर जाँदै गर्दा उनलाई रोकिएको थियो ।

मायामी अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूका अनुसार आफ्नो प्यान्टमा सर्प लिएर उडानमा चढ्न खोज्दै थिए।

यातायात सुरक्षा प्रशासनका अधिकारीरूले भने उक्त अपरिचित व्यक्तिको सुरुवाल (प्यान्ट)मा सानो झोला र त्यसमा साना सर्पहरु सहित उनलाई पक्राउ गरिएको थियो ।

अधिकारीहरूले शुक्रवार ,अप्रिल २६ मा जाँच चौकीमा यात्रुको प्यान्टमा लुकाइएको सर्पको झोला पत्ता लगाए। त्यस पछि उनीहरुले दक्षिणपूर्व तथा मायामी -डेड प्रहरी साझेदारहरूलाई सहयोगको लागि बोलायो । सर्पहरूलाई पछि फ्लोरिडा माछा तथा वन्यजन्तु संरक्षण आयोगमा हस्तान्तरण गरियो।

झोला यात्रुको लुगामा लुकाइएको अधिकारीहरूले बताए ।

प्रतिक्रिया