बोष्टनमा लोकतन्त्रको पर्चा प्रकाशन गर्ने व्यक्तिलाई दुर्व्यबहार गरेको आरोपमा चिनियाँ विद्यार्थीलाई ९ महिनाको कारागार सजाय

इनेप्लिज २०८१ वैशाख १३ गते १०:३४ मा प्रकाशित

बोष्टनमा लोकतन्त्रको पर्चा प्रकाशन(पोष्ट) गर्ने व्यक्तिलाई दुर्व्यबहार गरेको आरोपमा चिनियाँ विद्यार्थीलाई ९ महिनाको कारागार सजाय सुनाईएको छ ।

बोस्टन – चीनका एक पूर्व बर्कली कलेज अफ म्युजिक(सङ्गीत महाबिधालयको )का विद्यार्थीलाई एसियाली देशमा लोकतन्त्रको समर्थनमा ध्वजा प्रकाशन (फ्लायर पोष्ट) गर्ने व्यक्तिलाई पछ्याउ र धम्की दिएको आरोपमा गत बुधबार अप्रिल २४ का दिन नौ महिनाको जेल सजाय सुनाइएको अधिकारीहरूले बताएका छन्।

गत बर्ष अक्टोबर २२ मा बोस्टनको महाबिधालयको परिसरमा (क्याम्पस)मा प्रकाशन (पोस्ट गरिएको )पर्चामा “चिनियाँ जनतासँग उभिनु होस्” र “हामी स्वतन्त्रता चाहन्छौं” र “हामी प्रजातन्त्र चाहन्छौं” जस्ता अन्य नाराहरु लेखिएको बोस्टनमा रहेको अमेरिकी अधिवक्ताको कार्यालयले बिज्ञप्तिमा जनाएको छ ।

जवाफमा २६ बर्षिय सिअओली वुले व्यक्तिको हात काट्ने धम्की दिएका थिए । आफ्नो परिवारलाई चीनको सार्वजनिक सुरक्षा सँस्थालाई जानकारी गराएका थिए । अरूलाई त्यो व्यक्ति कहाँ बस्छन भन्दै पत्ता लगाउन र सार्वजनिक रूपमा उनको बिधुतिय डाक ( इमेल )ठेगाना समेत मागेको अभियोजकहरूले बताए ।

ध्वजा प्रकाशन गर्ने व्यक्ति मूलतः चीनका हुन् भने अहिले उनि अमेरिको स्थायी बासिन्दा हुन् । उनि परिवारको साथ अमेरिका बसोबास गर्छन ।

वुलाई गत जनवरीमा एक पटक पछ्याउने गर्ने र धम्कीपूर्ण सञ्चारको अन्तरराज्यीय प्रसारणको एक गणनामा दोषी ठहर गरिएको थियो। नौ महिनाको कारागार सजायसँगै अमेरिकी जिल्ला अदालतका न्यायाधीश डेनिस क्यास्परले उनलाई ३ वर्षको पर्यवेक्षित रिहाइको सजाय सुनाएका छन् ।

प्रतिक्रिया