अमेरिकी सिनेटद्वारा युक्रेन, इजरायल र ताइवानलाई सहायता पठाउने ९५ बिलियन डलरको सहायता रकम पारित

इनेप्लिज २०८१ वैशाख १२ गते १०:२७ मा प्रकाशित

अमेरिकी सिनेटले अन्तत्वगत्वा महिनौं महिना सम्मको संघर्ष पछि युक्रेन, इजरायल र ताइवानलाई सहायता पठाउने ९५ बिलियन(अर्ब)डलर सहायता रकम पारित गरेको छ ।

अमेरिकी सिनेटका डेमोक्राटिक तथा रिपब्लिकन दुबै पक्षले युक्रेन, इजरायल र ताइवानलाई सहायता पठाउन महिनौंदेखि संघर्ष गरेपछि सिनेटले गत अप्रिल २३ का दिन मंगलबार ९५ बिलियनको संपुष्टि (प्याकेज)लाई व्यापक द्विपक्षीय समर्थनको साथ पारित गर्न सफल भएको छ ।

मतदान हुँदा पारित गर्नु पर्छ भन्ने पक्षमा ७९- र हुदैन भन्ने पक्षमा १८ मात्र रहेको थियो । अर्थात् अन्तिम मत ७९-१८ रहेको थियो। १५ रिपब्लिकनले तीन डेमोक्र्याटसँग बिधेयकको विपक्षमा मतदान गरे। ४८ डेमोक्र्याट र ३१ रिपब्लिकनले विधेयकको पक्षमा मतदान गरे।

यो बिधेयक राष्ट्रपति जो बाईडेनलाई कानूनमा हस्ताक्षरको लागि जानेछ भने बुधबार बाइडेनले हस्ताक्षर गर्ने बताए। यो पारित हुनु अमेरिकी राष्ट्रपति, कंग्रेसका डेमोक्र्याट र सिनेट रिपब्लिकन नेता मिच म्याककोनेलको लागि महत्त्वपूर्ण विजय हो, जसले लामो समयदेखि युक्रेनलाई सहायता पठाउन दबाब दिएका थिए।

यी रकम मध्ये युक्रेनको लागि करीव ६१ बिलियन , इजरायलको लागि २६ बिलियन र इन्डो-प्यासिफिकको लागि ८ बिलियन भन्दा बढी रकम जानेछ ।

प्रतिक्रिया