ब्राजिलमा १६ लाख दर्शक बीच अमेरिकी गायिका म्याडोनाको बेजोड प्रस्तुति

म्याडोनाले अक्टोबरमा लन्डनमा आफ्नो उत्सव यात्रा (सेलिब्रेशन टुर) सुरु गरेकी थिइन् ।

इनेप्लिज २०८१ वैशाख २३ गते १९:२० मा प्रकाशित

ब्राजिलमा १६ लाख दर्शक बीच अमेरिकी गायिका म्याडोनाले बेजोड प्रस्तुति गरेको छिन ।

रियो दि जेनेरियोको कोपाकाबाना समुन्द्रतटमा कैद गरिएको तस्बिरहरुमा उनका प्रशंसकहरुको अत्यन्तै ठूलो भिड रहेको एबिसीन्यूजले जनाएको छ ।

म्याडोनाले गत शनिबार राति रियो दि जेनेरियोको कोपाकाबाना समुन्द्रतट (बिच)मा आफ्नो उत्सव यात्रा (सेलिब्रेशन टुर)को अन्तिम प्रस्तुति १६ लाख प्रशंसक बीच अद्वितीय प्रस्तुत गर्न सफल भइन ।

यो भ्रमण म्याडोनाको चार दशकको प्रस्तुतिसंगै ब्राजिलमा शनिबार राति नि:शुल्क सांगीतिक समारोहको साथ समापन भयो ।

म्याडोनाले आफ्ना कालजयी गीतहरु समेत प्रदर्शन गरेकी लाइभ नेसनले एक प्रेस विज्ञप्तिमा जनाएको छ । सेलिब्रेसन टुर अर्थात् समारोह यात्राले म्याडोनाको चार दशकको प्रतिष्ठित संगीतलाई मात्र सम्मान गर्दैन तर उनको अभूतपूर्व जीवन, अद्वितीय कलात्मकता र अभूतपूर्व कार्यकालको लागि एक सम्मान तथा श्रद्धा हो।”

म्याडोनाले अक्टोबरमा लन्डनमा आफ्नो उत्सव यात्रा (सेलिब्रेशन टुर) सुरु गरेकी थिइन् । समारोहलाई आफ्नी छोरी लुर्डेस लियोनलाई समर्पण गर्दै उद्घाटन राती आफ्नो २७ औं जन्मदिन मनाएकी थिइन् ।

म्याडोनाको सबैभन्दा ठूलो सांगीतिक उत्सव रियोको कोपाकाबाना समुद्र तटलाई ठूलो नृत्य मन्चमा परिणत गरेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया