क्यालिफोर्नियाको लङ बिच नामक शहरमा गोली चल्दा ७ जना घाइते

घाइते मध्ये चार जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको र गम्भिर अवस्थामा रहेको छ

इनेप्लिज २०८१ वैशाख २३ गते ११:४९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लङ बिच नामक शहरमा गोली चल्दा ७ जना घाइते भएका छन् ।

गत शनिबार बिलम्ब समय भएको घटनामा सात जना घाइते भएका प्रहरीले जनाएको छ।

एबिसीन्यूजका अनुसार प्रहरी अधिकारीहरूले लगभग ११:१५ बजे खबर पाए पछि त्यहा गएका दिए। लङ्ग विच नामक शहरको साउथ स्ट्रिट र प्यारामाउन्ट ब्लुभर्ड( दक्षिण गल्ली तथा मुख्य मार्ग)को बीच नजिकको क्षेत्रमा घटना भएको लङ बिच प्रहरी विभागले एक विज्ञप्तिमा जनाएको छ ।

घाइते मध्ये चार जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको र गम्भिर अवस्थामा रहेको प्रहरीले जनाएको छ । अन्य तीन जनाको ज्यान जोखिममा नरहेको र चोटपटकको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

“संदिग्ध (हरू) प्रहरीहरु आउनु अगाडी नै अघि भागे,” विज्ञप्तिमा भनिएको छ । संदिग्धको जानकारी र उद्देश्य अझै अज्ञात रहेको प्रहरीले बताए ।

प्रतिक्रिया