टेक्ससका एक प्रहरी अधिकारीको आफ्नै घरमा घुम्रपात (टोर्नाडो)आउँदा मृत्यु

विभागले उनको मृत्यु भएको पुष्टी गरेको छ

इनेप्लिज २०८१ वैशाख २३ गते १६:०६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यका एक प्रहरी अधिकारीको आफ्नै घरमा घुम्रपात (टोर्नाडो)आउँदा मृत्यु भएको छ । घुम्रपातले उनलाई घाईते बनाए पछि उनलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

टेक्सस राज्यको कोनरो प्रहरी विभागले उनको मृत्यु भएको पुष्टी गरेको छ ।

विभागले गत शुक्रबार सामाजिक सञ्जालमा कोनरो प्रहरी विभागका २२ वर्ष सम्म विभागमा काम गरेका र अनुभवी सहायक जेम्स वालरको ट्रिनिटीमा उनको घरमा घुम्रपातले आक्रमण गरेपछि अस्पतालमा मृत्यु भएको जनाएको छ ।

धेरै वटा शल्यक्रियाहरू गरियो तर उनको निधन हुनु अघि उनको परिवारका सदस्यहरूले उनीसँग समय बिताएको एबिसीन्यूजले जनाएको छ ।

विभागका अनुसार वालर र उनकी श्रीमती घुम्रपात (टोर्नाडो) आउँदा घरमा थिए । आइतवार घुम्रपात (टोर्नाडो)ले प्रहार गरेको थियो । उनकी श्रीमती पनि घाइते भएपनि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवाले लगभग १०० माइल प्रति घण्टा (१६१ किलोमिटर) को हावाको गतिमा घुम्रपात (टोर्नाडो) आएको जसलाई ईएफ१ वर्गमा मूल्याङ्कन गरिएको छ । यो एक देखि दुई मिनेटको लागि ०.२५ माइल (०.४० किलोमिटर) भन्दा बढी समय सम्म जमीनमा अडेको थियो।

तस्बिर कृतज्ञता : कोनरो प्रहरी विभाग

प्रतिक्रिया