कोलोराडोमा इजरायल समर्थक प्रदर्शनमा एक व्यक्तिद्वारा आगो लगाउने उपकरणद्वारा आक्रमण, दर्जनौं घाइते”

इनेप्लिज २०८२ जेठ २० गते ०:२१ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा इजरायलको समर्थनमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा एक व्यक्तिले मानिसलाई आगो लगाउने उपकरण फ्याकी आक्रमण गरेका छन्। स्थानीय प्रहरीका अनुसार आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन्।

आक्रमणको क्रममा एक शसक्त सिसीबाट आगो फ्याकिएको र केही मानिसहरू जलेको पुष्टि भएको छ।

बोल्डरका प्रहरी प्रमुख स्टेफन रेडफर्नका अनुसार, “हामी घटनास्थलमा पुग्दा घाइतेहरूको अवस्था देखियो, जसमा जलनका लक्षण थिए।” घटनामा संलग्न व्यक्तिले आगो लागेको सिसीहरू फ्यालेको जनाइएको छ। यो आक्रमण ‘प्रेरित आतंकवादी आक्रमण’ भएको एफबीआईले तुरुन्तै घोषणा गरेको छ।

यस घटनामा कम्तिमा दुई व्यक्तिहरूलाई अस्पताल पुर्‍याइएको छ। सिएनएनका अनुसार एफबीआई र संघीय अभियोजकहरूले घटना सम्बन्धी अनुसन्धान गरि रहेका छन् । यस घटनालाई मानसिक स्वास्थ्यको कारक हुनसक्ने आशंका गरिएको छ।

कोलोराडोका गर्भनर जारेड पोलिसले यस घटनालाई नजिकबाट अनुगमन गर्दै स्थानीय र संघीय प्रहरीसँग सहयोग गर्दै अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। कुनै पनि प्रकारका घृणा-आधारित क्रियाकलाप अस्वीकार्य रहने उनले बताए ।

एफबीआई निर्देशक काश पटेलले अधिकारीहरू घटनालाई “लक्षित आतंकवादी आक्रमण”को रूपमा अनुसन्धान गरिरहेको बताएका छन् ।

“हाम्रो गुप्तचर (एजेण्ट)हरू र स्थानीय कानून प्रवर्तन कर्मचारीहरू पहिल्यै नै घटनास्थलमा उपस्थित छन्, र थप जानकारी उपलब्ध भएपछि हामी अध्यावधिक (अपडेट) साझा गर्नेछौं,” पटेलले भने।

एक वरिष्ठ ह्वाइट हाउस अधिकारीले एबीसी न्यूजलाई जानकारी दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उक्त “लक्षित आतंकवादी आक्रमण”बारे जानकारी दिइएको छ।

यो घटना आइतवार दिउँसो करिब १:३० बजे बोल्डरस्थित १३ औं गल्ली र पर्ल गल्लीको चोकमा भएको थियो। आइतवार इजरायली बन्धकहरूको समर्थनमा निकालिएको जुलुसका क्रममा एक व्यक्तिले आक्रमण गर्दा धेरै मानिसहरू जलेको बोल्डर प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले सो क्षेत्रमा आपतकालीन सेवाहरूलाई सहज बनाउन सबैलाई त्यहाँ नजान आग्रह गरेको छ।

बोल्डर प्रहरीले अनुसन्धान गर्दै उक्त क्षेत्रबाट टाढा रहनुहोस् भन्दै प्रहरीले दिउँसो ३:०८ बजे ट्वीटमार्फत आग्रह गरेको थियो ।

प्रतिक्रिया