न्यूयोर्कमा ट्रम्पको सुनुवाई चलिरहेको बेला अदालतबाहिर आगो लगाउनले व्यक्तिको मृत्यु

इनेप्लिज २०८१ वैशाख ८ गते २१:४२ मा प्रकाशित

न्यूयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुनुवाई चलिरहेको समयमा अदालत नजिक आफैंलाई आगो लगाउनले व्यक्तिको मृत्यु भएको छ।

ट्रम्पले राष्ट्रपतिको उम्मेदवार हुनु अगाडी सन् २०१६ मा अश्लिल चलचित्रकि कलाकारलाई चुप लगाउन दिएको गोप्य रकमको बिषयमा सुनुवाई चलि रहेको न्यूयोर्क शहरको अदालत बाहिर आफैलाई आगो लगाउने एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

न्यूयोर्क प्रहरी विभागका अनुसार ३७ वर्षीय म्याक्स एजारेलोको मृत्यु भएको पुष्टि भएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त व्यक्तिले टाउकोमा तरल पदार्थ खनाए र र दिउँसो १:३९ मा आगो लगाएका थिए ।

घटना पछि तुरुन्तै न्यूयोर्क प्रहरी बिभागले उनि फ्लोरिडाका निवासी रहेको बताएको थियो। र ,उनि त्यसै हप्ताको सुरुमा न्यूयोर्क शहरमा आइपुगेका थिए। उनि ट्रम्पको सुनुवाई चलि रहेको समयमा एक उद्यानमा प्रवेश गरे र कागज र पर्चाहरू छरेका थिए । उनले आगो लगाई सके पछि उनि भुईमा ढलेका थिए ।

उनलाई त्यस पछि न्यूयोर्क प्रेस्बिटेरियन-वेल कर्नेल मेडिकल सेन्टर(अस्पताल)मा लगिएको थियो । उनको गत राती शुक्रबार मृत्यु भएको थियो।

आगलागीमा प्रतिक्रिया दिने चारजना प्रहरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया