टेक्ससमा १ हजार २५ दिनको प्रतिक्षापछि नयाँ मुटु पाएकी ४ वर्षीया बालिका अस्पतालबाट घर फर्किन

इनेप्लिज २०८१ वैशाख ८ गते १६:३७ मा प्रकाशित

अमेरिकाको टेक्ससमा १ हजार २५ दिनको प्रतिक्षापछि नयाँ मुटु पाएकी ४ वर्षीया बालिका अस्पतालबाट घर फर्किएकी छिन् ।

४ वर्षीया अर्क्टुरा जन्मजात मुटुमा समस्या लिएर जन्मिएकी थिइन् । १,०२५ दिनको प्रतिक्षा पछि ४ वर्षीया बालिकाले जीवन बचाउने हृदय प्रत्यारोपण प्राप्त गर्न सफल भएकी छिन् ।

अंग प्रत्यारोपणको प्रतिक्षा सूचीमा १,०२५ दिन वा झण्डै ३ वर्ष पर्खिएपछि गत बिहीबार टेक्सस बाल अस्पतालबाट ४ वर्षीया बालिका रिहा (डिस्चार्ज )भएकी छन् । टेक्सस राज्यको ह्युस्टनको टेक्सस बाल अस्पतालका कर्मचारीहरूले मार्च २९ मा दाताको हृदय प्राप्त गर्ने ४ वर्षीया अर्क्टुरालाई बिदाई गर्न गत अप्रिल १८ का दिन दुवै तर्फ भवनको सभाकक्षमा भब्य स्वागत गरेका थिए ।

“मलाई मेरो नयाँ मुटु मन पर्छ,” अर्क्टुराले आफ्नो रिहा अघि भनिन् । उनका आमाबाबु र चिकित्सकका अनुसार ४ वर्षीया बच्चा जन्मजात मुटुको समस्या भएर जन्मिएकी थिइन् । अर्क्टुराको जन्म अप्रिल १, २०२० मा अमेरिकाको टेनेसीमा भएको थियो, तर केही दिनपछि उनलाई थप उपचारका लागि टेक्सस बाल अस्पताल लागिएको थियो ।

प्रतिक्रिया