अमेरिकाको एरिजोनामा श्रीमान र एक वर्षको बच्चासँग पैदल यात्रा गर्ने क्रममा १४० फिट अग्लो भीरबाट खसेर एक महिलाको मृत्यु

इनेप्लिज २०८१ वैशाख ६ गते १८:३८ मा प्रकाशित

अमेरिकाको एरिजोना राज्यको एक मरुभूमिको पहाडमा आफ्ना श्रीमान् र १ बर्षको  बच्चासँग पैदल यात्रा गर्ने क्रममा यो हप्ता एक महिलाको १४० फिट अग्लो भीरबाट खसेर मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

४० वर्षीया जेनाब जोसेफको सोमबार मृत्यु भएको थियो । 

पैदलयात्रीहरूको समूहले उनलाई नजिकैको मरुभूमि शहर र पर्यटनको लागि लोकप्रिय केन्द्र सेडोनाको बेयर पहाडमा पैदलयात्रा गर्ने  क्रममा फेला पारेको थियो ।

याभापाई काउन्टी शेरिफको कार्यालयले सामाजिक सॅजाल मार्फत जानकारी  गराउदै उनि पहिले नै चट्टानबाट तल खसेकी थिईन । 

पदयात्रीहरूले चिच्याएको सुने र पछि उनलाई गम्भीर चोट लागेको थियो।

एक व्यक्तिले ९११ मा खवर खर्दा  उनि अझै स्वास फेरि रहेकी थिईन ।

त्यसको लगत्तै उनको मृत्यु भएको शेरिफको कार्यालयले जनाएको थियो । जोसेफ आफ्नो पति र १ वर्षको बच्चासँग बियर माउन्टेनमा पैदल यात्रा गर्दै थिईन । उनिहरु जना क्यालिफोर्नियाको आफ्नो घरबाट सेडोना गएका थिए । उनीहरूले एयरबीएनबी भाडामा लिएका थिए। अधिकारीहरूले शव निकाल्न काम गरेपछि उनका पति र बच्चालाई पहाडबाट हेलिकप्टर ( उदग्रविमान) बाट उद्धार गरिएको थियो।

 शेरिफले अरू कसैलाई चोट नलागेको बताए। 

प्रतिक्रिया