अष्ट्रेलियामा प्रत्यक्ष प्रसारण गर्दै गर्दा पादरी तथा अन्य माथि छुरा प्रहार, संदिग्ध पक्राउ

इनेप्लिज २०८१ वैशाख ३ गते २०:२२ मा प्रकाशित

अष्ट्रेलियामा प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम )गर्दै गर्दा पुजारी तथा अन्य माथि छुरा प्रहार गरिएको छ । प्रहरीका अनुसार संदिग्धलाई पक्राउ गरिएको छ ।

अष्ट्रेलियाको न्यु साउथ वेल्सको वेकलेमा प्रहरीको कारवाई चलिरहेको एबिसीन्यूजले जनाएको छ ।

अष्ट्रेलियाको न्यू साउथ वेल्सको शहर वेकलेमा प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम)को क्रममा एक पादरीलाई छुरा प्रहार गरेपछि संदिग्धलाई पक्राउ गरिएको प्रहरीले सोमबार जनाएको छ।

अन्य व्यक्तिहरू माथि पनि छुरा प्रहार गरिएको प्रहरी अधिकारीहरुले बताए । एबिसीन्यूजले समिक्षा गरेको उक्त श्रब्यदृश्य ( भिडियो)अनुसार एक जना मानिस बोल्दै गर्दा पादरीकहाँ गएको देखिन्छ। त्यो संदिग्ध व्यक्तिले पादरीले दिएको उपदेशमा बाधा पुर्‍याएको र पादरीलाई हिंस्रक आक्रमण गरेका थिए ।

” प्रहरी अधिकारीहरूले पुरुषलाई गिरफ्तार गरे र उक्त संदिग्धसँग प्रहरीले सोधपुछमा सहयोग गरिरहेको छ,” न्यू साउथ वेल्स प्रहरी बलले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“घायल व्यक्तिहरूलाई सामान्य चोटपटक लागेको छ भने स्वास्थ्यकर्मीहरुले घटनास्थलमै उपचार गरेका थिए । बेलुका ७:१० बजे धेरै चोटपटक लागेको खबर आएपछि अधिकारीहरूलाई वेलकम स्ट्रिट(मार्ग)को एउटा गिर्जाघर )चर्चमा पठाइएको प्रहरीले सोमबार भने।

“बृहत् प्रहरीहरुको उपस्थिति भै रहेको र जनतालाई उक्त क्षेत्रबाट जोगिन आग्रह गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया