भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको सूचना  

इनेप्लिज २०८१ वैशाख ३ गते ११:२२ मा प्रकाशित

२०८० बैशाख ३, काठमाडौं ।

हेम-सरिता पाठक फाउन्डेसनले “भ्रष्टाचार विरुद्ध”को “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार” प्रतियोगिताको लागि प्रकाशित समाचार आह्वान गरेको छ ।

समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गर्नु भएको सो पुरस्कारमा कूल २ (दुई) लाख राशिसहित सम्मानपत्र रहेको छ ।

प्रतियोगिताका लागि प्राप्त हुने “भ्रष्टाचारसम्बन्धी समाचार” मध्ये पहिलो चरणमा उत्कृष्ट तीन सार्वजनिक गरिनेछ । दोस्रो चरणमा पहिलो घोषणा गरिनेछ ।

प्रतियोगिताको लागि पठाउने समाचारको लिंक समाचार सम्प्रेषण गर्नेले वा समाचार सम्प्रेषण गर्नेको सहमतिमा जो कोहीले जो कोहीको पठाउन सकिनेछ ।

समाचार २०८० चैत मसान्तभित्र प्रकाशित भएको हुनुपर्नेछ ।

पुरस्कार काठमाडौंमा कार्यक्रमको आयोजना गरी प्रदान गरिने र उत्कृष्ट समाचार फाउन्डेसनले प्रकाशित गर्ने पुस्तकमा प्रकाशन पनि गरिने छ ।

नोट : लिंक पठाउनको लागि – [email protected]

राधेश्याम लेकाली
अध्यक्ष
हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखा

प्रतिक्रिया