अनेसास केन्द्रिय कार्यसमितिको महासचिवमा मेरिल्याण्डबाट सहदेव कोइरालाको सशक्त उम्मेद्वारी घोषणा

इनेप्लिज २०८३ असार १६ गते ०:४१ मा प्रकाशित

अमेरिका (डिसी महानगर क्षेत्र)। अनेसास केन्द्रिय कार्यसमितिको महासचिव पदमा सहदेव कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय कार्यसमितिको आगामी जुलाई ७, ८, र ९, २०२६ मा हुन गइरहेको निर्वाचनका लागि महासचिव पदमा अमेरिकाको मेरिल्याण्ड निवासी, बहुआयामिक प्रतिभावान व्यक्तित्व सहदेव कोइरालाले आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली भाषा, कला, साहित्य र संस्कृतिको विश्वव्यापी उत्थान तथा संस्थाको दीर्घकालीन एवं दीगो विकासका लागि उनले चुनावी मैदानमा उत्रिने निर्णय गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै कोइरालाले भनेका छन् “भोलिको अनेसास परम्परागत शैलीमा केवल कवि गोष्ठी र सभा-सम्मेलन गरेर मात्र अगाडि बढ्न सक्दैन। संस्थाको दीगो विकासका लागि सबैलाई समेट्दै सांगठनिक परिवर्तन, नीतिगत सुधार र वैचारिक विश्लेषणको जगमा नयाँ गति दिनु आजको टड्कारो आवश्यकता हो।” उनले अनेसासका सम्पूर्ण आदरणीय आजीवन सदस्य तथा ट्रष्टीज्यूहरू समक्ष आफ्नो अमूल्य मत दिएर विजयी गराउन अपिल समेत गरेका छन् ।

उम्मेदवार कोइरालाका मुख्य ५ प्रतिबद्धता तथा कार्ययोजनाहरू:

१. वैधानिक सुशासन: अनेसासको विधानमा भएका व्यवस्थाहरूको अक्षरसः पालना र कार्यान्वयन गर्ने।
२. नेतृत्व पुस्तान्तरण:नयाँ पुस्ताका साहित्यिक प्रतिभाहरूको पहिचान, विकास र नेतृत्व हस्तान्तरणको प्रक्रियालाई सहज बनाउने।
३. नवीन सम्भावनाको खोज: भाषा, साहित्य र संस्कृतिको उत्थानमा आधुनिक प्रविधि र नयाँ सम्भावनाहरू आत्मसात गर्दै दीगो विकासतर्फ अघि बढ्ने।
४. च्याप्टर सुदृढीकरण र पारदर्शिता:विश्वभरिका च्याप्टरहरूलाई सक्षम, सबल र पारदर्शी बनाउन विशेष कार्यक्रम संचालन गर्ने।
५. आर्थिक आत्मनिर्भरता: संस्थालाई गतिशील राख्न आय आर्जनका नयाँ र भरपर्दा स्रोतहरूको खोजी गरी कार्यान्वयन गर्ने।

प्रशासनिक योग्यता र साहित्यिक-सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान:

उच्च शिक्षित व्यक्तित्व सहदेव कोइराला नेपाली साहित्यिक र सांस्कृतिक आकाशका एक स्थापित सर्जक (कवि, लेखक, गीतकार, संगीतकार, गायक, नाटककार, निर्देशक तथा अभिनेता) र समर्पित समाजसेवी हुन् ।

उच्च शैक्षणिक योग्यता: MS (USA), PG (UK), MPA, MA, BL, र BA (पत्रकारिता) नेपाल।


पुरस्कार र राजकीय सम्मान:राष्ट्रिय स्तरको प्रतिष्ठित ‘गोरखा दक्षिण बाहु’, दैवी प्रकोप उद्धार पदक, रेडियो नाटक महोत्सव पुरस्कार (लेखन तथा निर्देशन), र रेडियो नेपाल बालगीत सम्मेलन २०४१ मा प्रथम (रचना)।
प्रकाशित कृति र सिर्जना:*सामान्य ज्ञान (२०५०), ‘निम्तो’ कविता संग्रह (२०७६), र ‘खोज्दा खोज्दै’ गीत संग्रह (२०८१)। रेडियो नेपालमा दर्जनौँ गीत र नाटकहरू रेकर्डिङ हुनुका साथै गोरखापत्र, झंकार लगायतका पत्रपत्रिकामा निरन्तर रचनाहरू प्रकाशित।

सांगीतिक सहकार्य: शिव शंकर, दीप श्रेष्ठ, बासुदेव मुनाल, रामकृष्ण ढकाल, राजेश पायल राई, रचना रिमाल, शिशिर योगी, तारा थापा, नुपुर भट्टाचार्य, सपनाश्री र दिव्य खालिङ जस्ता दिग्गज संगीतकार तथा गायक-गायिकाहरूले उहाँका शब्द रचनाहरूमा स्वर र संगीत दिएका छन्।

अभिनय र रङ्गमञ्च:‘हेर्दा हेर्दै’ र ‘सुन्दर सपना’ लगायत थुप्रै म्युजिक भिडियोहरूमा अभिनय। रङ्गमञ्चतर्फ ‘एक मुठी सिन्दूर’ (निर्देशन र अभिनय), ‘भोको घर’, र ‘अन्ततः मीरा गइन्’ नाटकहरूमा जीवन्त अभिनय।

सामाजिक र संस्थागत आबद्धता:

उनि घशाविस (पूर्व कार्यकारी सदस्य), कोसेस (पूर्व केन्द्रिय सदस्य), PAAN, CAMAD, र BDA को आजीवन सदस्य हुन् । यस्तै, नेपाल रेडक्रस सोसाइटी मोरङ र शिक्षा आयोग मोरङको पूर्व सदस्य, डि.नाभ स्मृति प्रतिष्ठानको संरक्षक समेत रहेका छन् । हाल उनि अनेसासको आजीवन सदस्य, ट्रष्टी एवं मेरिल्याण्ड च्याप्टरको सफल महासचिवका रूपमा नेतृत्वदायी भूमिकामा सक्रिय रहेका छन् ।

डिजिटल प्लेटफर्म:YouTube: Sahadev Koirala’s official | TikTok ID: Sahadev _Koirala1 | इमेल:[email protected]

एक सुशिक्षित, निष्कलंक, अनुभवी र गतिशील नेतृत्वका लागि सहदेव कोइरालालाई महासचिव पदमा अत्यधिक मत दिई विजयी गराउन अनेसासका सचेत मतदाताहरूमा हार्दिक अनुरोध गरिएको छ।

प्रतिक्रिया