सफ्टवयर इंजिनियर क्रिस्टिना र बिनमको “भर्च्युयल भिसेज” ओन्टारियोको “ल्युमियर” प्रकाश कार्यक्र्ममा यस बर्ष पनि छनौट

इनेप्लिज २०८१ वैशाख २ गते १९:३० मा प्रकाशित

टोरोन्टो, नेपाली मूलका युवा सफ्टवयर इंजिनियर द्वय क्रिस्टिना कायस्थ र बिनम कायस्थको ” भर्च्युयल भिसेज” नयाँ बिद्युतिय कला ओन्टारियो प्लेसको “ल्युमियर “मा यस बर्ष पनि छनौट भएको छ । उनीहरुको उक्त प्रकाश सम्बन्धि परियोजना एबम अरु १६ वटा परियोजना टोरोन्टोको त्रिलियम पार्कमा गत मार्च १२ देखि दैनिक साँझ सुर्यास्त देखि ११ बजे सम्म सर्बसाधारणको लागि खुल्ला प्रदर्शन भैरहेको छ भने अप्रिल २० तारिख पछि बन्द हुने छ ।

” भर्च्युयल भिसेज” मा क्रिस्टिना र बिनमले आजको बिद्युतिय बिकाशबाट प्रतिपादित “दीप फेक” र “एआइ (कृतिम मानब)”को युगमा तपाईको आफ्नो बिद्युतिय परिचय कसरी प्रतिबिम्बित हुन्छ भन्ने कुरा देखाउन खोजेको छ । यो परियोजना प्रकाश सम्बन्धि एउटा अन्तरक्रियात्मक कार्य हो जसले तपाईलाई एआईको माध्यम बाट आफ्नो अनुहार परिबर्तित रुपमा प्रयोग गर्दा पुनर्बिचार गर्न प्रोत्साहन गर्ने छ। यो ” भर्च्युयल भिसेज”को परियोजनामा स्मार्टफोनका दुइवटा स्क्रीन देखिन्छ जस्मा एउटामा आफ्नो बास्तबिक र अर्कोमा बिद्युतिय परिबर्तित अनुहार देखाउछ । बास्तबिक प्रतिबिम्बको स्क्रीनमा सेन्ड बटन थिचे पछि यस्ले डाटालाई प्रसोधन गरि बिद्युतिय क्षेत्रमा लैजान्छ र सहभागिले अर्को साइडमा हेर्ने बेलामा बिकृत प्रतिबिम्ब देखिन्छ। त्यसै गरि दोश्रो स्क्रिनमा बिद्युतिय माध्यम बाट निस्पन्दन गरिएको स्वबिम्ब देखिन्छ जुन अनलाईनमा प्रयोग गरिने छोपिएको जस्तै अनुहार देखिन्छ।

” ल्युमियर” प्रदर्शनी सहभागि कलाकारहरुले नवप्रबर्तन, प्रकाश तथा खोज प्रबिधिलाई प्रयोग गरेर “सम्बन्ध” बिषयमा केन्द्रित रहेर पार्कलाई प्रज्वलन गराउने उद्देश्य राखेको छ। यस बर्ष यो प्रदर्शनीले प्रकाशको माध्यमबाट मानिस, बाताबरण र जीबनका बिभिन्न पक्षलाई सम्बन्ध गराउने लक्ष पनि लिइएको छ।

यसमा एआई को माध्यमबाट प्रतिपादित दसहजार भन्दा बढि मुखाकृति प्रयोग गरिएको छ। यसले बिकसित सजिलो प्रबिधि बाट हामीहरु एक अर्का संग सम्पर्क गर्न सफल भैरहेका छौं तर आफ्नो परिबर्तित प्रतिबिम्ब यस अन्तर सम्पर्कको बिद्युतिय माध्यममा प्रयोग गर्दा सहभागिहरुले आधिकारिक तथा सचेतन बिधिको प्रयोग गर्न सल्लाह दिन्छ।

टोरोन्टो निबासी डा. कृष्ण कायस्थ र बिणा कायष्ठका सुपुत्री तथा सुपुत्र क्रिस्टिना र बिनम दिदी भाई हुन जसले नबिन प्रबिधिहरुको ज्ञानको माध्यमबाट अन्तरक्रियात्मक कला सम्बन्धमा बिशेषता प्राप्त गरेका छन। बिद्युतिय ज्ञानको अन्तरलाई कम्प्युटर इंजिनियरिंगको माध्यमबाट सेतुको रुपमा काम गर्ने उद्देश्यले प्रेरित सो दिदी भाईको समूहले सन २०१५ मा बोस्टन, अमेरिकामा भएको “मेक टु मूभ” प्रदर्शनीमा पहिलो पटक भाग लिएका थिए भने “ए टी एण्ड टी इन्टर्नेट थींग्स हाकाथोन”मा उहाँहरुको प्रस्तुति ” वन बायण्ड आर्म”ले प्रथम स्थान हासिल गर्न सफल भएका थिए। त्यस्तै गरि ” माइक्रोसफ्ट होलोहायक्स”मा प्रस्तुत गरिएको दृष्टीबिहिनहरुको लागि उपयोगि एप्स “होलोसेन्स”ले सर्बश्रेष्ठ स्थान प्राप्त गरेका थिए भने अपांगहरुको लागि उपयोगि हुने भि आर एप्स “म्यो ड्र”ले पनि प्रथम स्थान प्राप्त गरेको थियो।। यी अनुभब र सफलताहरुबाट उत्साहित भएर सो दिदी भाईको समुहले सन २०१९मा “बीटब्रेन्ज” नामक संस्था स्थापना गरेका छन । हामीले उपयोग गरिरहेका उपकरणहरु र बिदुतिय पर्याबरणिय प्रणाली संग कसरी अन्तरकृया गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर यस संस्थाले ज्ञान संचार गर्ने उहाँहरुको प्रयास हो ।

प्रतिक्रिया