नयाँ वर्षको अवसरमा शुभकामना तथा मुक्तक वाचन कार्यक्रम

इनेप्लिज २०८१ वैशाख २ गते १९:११ मा प्रकाशित

२०८० वैशाख १ गते, काठमाडौ । नेपाल मुक्तक मन्च, काठमाडौ शाखाको आयोजनामा नयाँ वर्षको अवसरमा पोखरेली रेस्टुरेन्ट, गोंगबुँमा मुक्तक वाचन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो । नेपाल मुक्तक मन्च, काठमाडौ शाखाको अध्यक्ष राजेन्द्र घिमिरे सागरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर र विशिष्ट अतिथि संसाक मासिकका सम्पादक उमेश पाण्डे र कल्पलता द्वैमासिकको प्रकाशक रेणु अधिकारी मौनता हुनुहुन्थ्यो ।

नेपाल मुक्तक मन्च, काठमाडौ शाखाको सचिब तारा के.सी.ले संचालन गर्नुभएको उक्त कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान सहित मुक्तककारहरू ज्ञान्दरी कैनी, भवानीमैया पन्त, पार्वती पुडासैनी, उत्तम भेटुवाल, माधब बिडारी चेतनपथ, हरिकृष्ण धिताल(एच.के.धिताल) र यशोदा अधिकारीले आ-आफ्नो मुक्तक वाचन गर्नु भएको थियो ।

सो अवसरमा डा.दामोदर पुडासैनी, उमेश पान्डे, रेणु अधिकारी मौनताले आफ्नो सृजना प्रस्तुत गर्नुभएको थियो ।सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोरले साहित्यको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने, साहित्यकारहरू बिचको नियमित जमघटले साहित्यमा निखारता आई उत्कृष्ट साहित्य सृजना हुने धारणा व्यक्त गर्नु भएको थियो । साथै सो कार्यक्रममा प्रमुख अतिथि डा.पुडासैनीले यो वा त्यो नभनी सबै एकजुट भै साहित्यको शिर उचो बनाउनु पर्ने बताउनु भएको थियो।

कार्यक्रमको विशिष्ट अतिथि संसाक मासिकको सम्पादक उमेश पान्डेले कार्यक्रममा नयाँ वर्षको शुभकामनासहित साहित्यकारहरूको हितको बारेमा बोल्नु भएको थियो । कल्पलता द्वैमासिकको प्रकाशक तथा विशिष्ट अतिथि रेणु अधिकारी मौनताले साहित्य र साहित्यकारको उन्नयनको लागि आफू सदा लागि पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया