इजरायलमा इरानी हमला जारी ,अमेरिकाले “इजरायललाई निशाना बनाउने इरानी मानवरहित यान (ड्रोन)हरू खसाल्दै

इनेप्लिज २०८१ वैशाख १ गते २३:४० मा प्रकाशित

इजरायलमा इरानले हमला सुरु गरेको सिएनएनले जनाएको छ । अमेरिकाले “इजरायललाई निशाना बनाउने इरानी मानवरहित यान (ड्रोन)हरू खसाली रहेको अमेरिकी रक्षा अधिकारीले बताए ।

“इजरायलको सुरक्षाप्रतिको हाम्रो प्रतिवद्धता अनुसार, यस क्षेत्रमा अमेरिकी सेनाले इजरायललाई लक्षित गरी इरानले प्रक्षेपण गरिएका मानव रहित यान (ड्रोन)हरू खसाल्न जारी राखेको छ,” रक्षा अधिकारीले भने। “हाम्रा सेनाहरू अतिरिक्त रक्षात्मक समर्थन प्रदान गर्न र यस क्षेत्रमा कार्यरत अमेरिकी सेनाहरूको सुरक्षा गर्नको लागि त्यही तैनाथ रहेका छन ।

यसै बीच अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रिय सुरक्षा टोलीसँगको बैठक व्यस्त रहेको सिएनएनले जनाएको छ । सिएनएनका प्रतिनिधिहरु जमिनमा रहकोले तेल अवीव माथि विस्फोटको आवाज सुनी रहेको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

पश्चिम किनाराको बेरशेबा, मृत सागर र हेब्रोनका क्षेत्रका साथै सिरियासँगको सिमानामा रहेको गोलान हाइट्समा पनि विस्फोट भएको खबर छ।

इजरायलका धेरै भागहरूमा संकटकालिन आवाज (साइरन )बजिरहेको र इजरायली वायु सुरक्षा सक्रिय भएको छ।

प्रतिक्रिया