मेक्सिकोमा यातायात प्रहरी (ट्राफिक)प्रमुखको गोली हानी हत्या

इनेप्लिज २०८० चैत ३० गते ११:२८ मा प्रकाशित

मेक्सिकोमा यातायात प्रहरी (ट्राफिक)प्रमुखको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको संकटग्रस्त प्रशान्त तटको एक आश्रयस्थल (प्यासिफिक कोस्ट रिसोर्ट )अकापुल्कोमा बिहीबार ट्राफिक प्रहरी प्रमुखको गोली हानी हत्या गरिएको छ ।

बन्दुकधारीहरूले नगरपालिकाको यातायात प्रहरी प्रमुख एडुआर्डो चाभेजको हत्या गरेको स्थानीय सरकारले जनाएको छ। आक्रमणकारीहरूले आश्रयस्थल (रिसोर्ट)को समुद्र तटबाट अपेक्षाकृत टाढाको सडकमा चाभेजमाथि गोली हानेका थिए। सिबिएस न्यूजका अनुसार अपराध अनुसन्धान भइरहेको जनौएको छ ।

मेक्सिकोमा लागुऔषध गिरोहहरूले अक्सर गाडी र भाडामा चल्ने गाडी (बस र ट्याक्सी) चालकहरूलाई उनीहरूका लागि काम गर्न बाध्य पार्छन् । यसरी त्यस्ता सवारी साधनहरू रोकेमा गिरोह क्रोधित हुन्छन ।

गिरोहले अकापुल्कोमा बस चालकहरूलाई निर्ममतापूर्वक पिटेको देखाइएको छ।

प्रतिक्रिया