हमासले गाजामा बन्धकहरूको विवरण सङ्कलन गर्न युद्धविराम आवश्यक रहेको विज्ञप्ति मार्फत ध्यानाकर्षण

इनेप्लिज २०८० चैत ३० गते १०:२४ मा प्रकाशित

हमासले गाजामा बन्धकहरूको विवरण सङ्कलन गर्न युद्धविराम आवश्यक रहेको बताएको छ ।

हमासको राजनीतिक बिभाग (ब्यूरो)का एक सदस्यले बृहत् युद्धविराम वार्ताको एक भागको रूपमा बन्दी-बन्धक आदानप्रदानको बारेमा छलफल भइरहेको बताए।

“वार्ताको एक भाग भनेको युद्धविराम सम्झौतामा पुग्नु हो जसको लागि अन्तिम र थप सटीक तथ्यांक सङ्कलन गर्न पर्याप्त समय र सुरक्षा चाहिन्छ” बसेम नइमले बिहीबार एक विज्ञप्तिमा भने।

“उनीहरू (बन्धकहरू) विभिन्न स्थानहरूमा छन्, (बन्धकहरू) विभिन्न समूहहरूले बन्धक बनाएकोले तिनीहरूमध्ये केही हाम्रा आफ्नै मानिसहरूसँग मारिएका भग्नावशेषमुनि छन्, र हामी यस उद्देश्यका लागि भारी उपकरणहरू लिन वार्ता गर्छौं,” उनले थपे।

तीन चरणको युद्धविराम सम्झौताको पहिलो चरणमा ४० बन्धकहरूलाई रिहा गरिने सम्बन्धमा तिनीहरुको खोज गर्न कठिन भएको समेत हमासले बताएको थियो ।

तर इजरायली अधिकारी र छलफलसँग परिचित स्रोतका अनुसार, हमासले वार्ताकारहरूलाई हाल एक सम्झौताको लागि आवश्यक मापदण्ड पूरा गर्ने ४० जना इजरायली बन्धकहरूलाई पहिचान गर्न र पत्ता लगाउन असमर्थ भएको जनाएको छ ।

प्रतिक्रिया