भर्जिनियामा कवि नवराज पराजुलीको कविता वाचन हुने

इनेप्लिज २०८० चैत २९ गते २१:५८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा कवि नवराज पराजुलीको कविता वाचन हुने भएको छ । आगामी अप्रिल २१ आइतबारका दिन आयोजना हुने उक्त कार्यक्रमलाई नवराज पराजुलीको कविता कन्सर्ट नाम दिईएको छ ।

उक्त कार्यक्रममा भर्जिनिया राज्य वरपर बसोबास गर्ने थुप्रै साहित्यकार लगायत बिभिन्नसंघ/संस्थाका प्रतिनिधि साथै कवितामा अभिरुचि राख्नेहरुले सहभागिता जनाउने भएका छन् ।

कविता कन्सर्ट साँझ ५ बजे देखि सुरु हुने छ भने यस पटक भर्जिनियामा निशुल्क प्रवेश गरिएको आयोजकले बताएका छन् ।

कविता वाचन कार्यक्रम वेनडम गार्डन नामक होटल अर्थात् अतिथि गृहमा हुनेछ । नवराज पराजुलीले अमेरिकाका बिभिन्न राज्यहरुमा एकल कबिता वाचन गरि रहेका छन् ।

पराजुलीका चर्चित कविताहरु ह्याप्पी बर्थडे ‘ “उ” “एक्लै “ जस्ता कविताहरु \रहेका छन् । उनले जहाँ पनि कबिता वाचन गर्दा श्रोता /दर्शकहरु मन्त्रमुग्ध हुने गर्छन ।

कवि नवराज पराजुलीको कविता सम्बन्धी जानकारी लिन पुस्कर पन्त ,बिशाल कार्की ,अभिजित राई तथा बचन श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ ।

नवराज पराजुलीको कविता कन्सर्टको आयोजना सयुक्त रुपमा गैर आवासीय नेपाली संघ भर्जिनिया तथा अनेसास डिसी शाखाको आयोजनामा हुनेछ ।

प्रतिक्रिया