
गत जुन २८ तारिख एकै पटक दुइ उल्लेखनिय कार्यक्रम गरेको छ।NECC सॅगको सहकार्यमा हरेक हप्ता आइतबार मेन्टल हेल्थ सेरिज नियमित सॅचालित छ भने मेरिल्याण्ड राज्यको एलिकोट सिटीमा रहेको सॅस्था TEC Nepalese Society सॅगको सहकार्यमा नि:शुल्क स्वाश्थ शिविर सॅचालन गरेको छ।
५० जनालाई ब्लड प्रेसर, सुगर जॅाच, वजन क परिक्षण गरिएको थियो। सॅस्थाका उपाध्यक्ष्य डा. उज्जवल गौतम, डा. एकता कोइराला, डा. होमनाथ पन्तले विरामीहरु परिक्षण गर्नु भएको थियो भने फर्मासिस्ट विशाल विस्ट र विनिता भुषालले औषधी सॅबन्धि परामर्श एवं जानकारी उपल्बध गराउनु भएको थियो। लक्ष्मी खनाल, मुना बराल, कविता खनाल, यमुना आचार्य, निशा पन्थी, महेश भट्टराइले ट्रीयाज, हीस्ट्री टेकिंग, बल्डप्रेसर, सुगर र आवश्यकको ए-वान सि जॅाच सहित आवश्यक परामर्श पर्दान गर्नु भएको थियो भने डेन्टल एसिस्टेन्ट ईशा दवाडीले दॅात सॅबन्धि सामान्य जानकारी एवं हेरचाहको बारेमा सचेत गराउनु भएको थियो।

भाइटल साइन ट्रियाजमा धेरै जसोमा उच्च रक्तचाप भेटिएको ट्रीयाज नर्स मुना बरालले सॅस्थाकी अध्यक्ष्य सुनिता बस्नेत थापालाई जानकारी दिनु भएको थियो।यस्ता कार्यक्रमहरु सामान्य लागे पनि नेपाली समाजमा विधामान स्वास्थ्य समस्याहरुको बारेमा जानकारी हुने र त्यसैलाई केन्द्रित गर्न सकिन्छ।
अनौपचारिक कार्यक्रम भएता पनि TEC Nepalese Community का अध्यक्ष विष्णु घिमिरेको यथास्थानको अध्यक्ष्यता थियो भने MNMS कि सॅस्थापक अध्यक्षता कार्यमा विशेष अतिथि बनाइएको थियो। TEC Nepalese Community कि उपाध्यक्ष्य एवं नर्स यमुना गौतमको पहलमा दुबै सॅस्थाहरुको सॅयोजन गर्नु भएको थियो।
प्रतिक्रिया