
देश र जनताको सेवाका लागि अहोरात्र खटिने, निष्ठा र इमानदारिताकी प्रतिमूर्ति हुन् भूमिव्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालय ठगेर विदेशमा लुक्ने कर्मचारीआई १५ दिने अन्तिम चेतावनी दिएकी छन् ।
जनताको मनमुटुमा बस्न सफल, लोकप्रिय र दृढ मन्त्री रावलले आफ्नो काममा कहिल्यै सम्झौता गरेकी छैनन्। देश बनाउने उनको यही अथक अभियान अन्तर्गत उनले थुप्रै राम्रा कदम चाल्दै आएकी छन् । जनताले उनले गरेको कामको प्रत्यक्ष अनुभूत गर्न थालेका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै बेथिति विरुद्ध खनिएकी मन्त्री रावलले विदेशी मुलुकको अस्थायी वा स्थायी आवासीय अनुमति (पिआर ) र डाइभर्सिटी भिसा (विविधता चिट्ठा ) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ उच्च कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेकी छन्।
बिदा सकिएपछि पनि नेपाल फर्केर जनताको सेवा गर्नुको साटो विदेशमै मोजमस्ती गरिरहेका ती कर्मचारीहरूलाई मन्त्री रावलले कानुनी कठघरामा उभ्याएकी हुन्।
आफ्नो सामाजिक सञ्जाल मार्फत कार्यमा उत्रिएकी मन्त्री रावलले निजामती सेवा ऐन, २०४९ बमोजिम ती ठग कर्मचारीहरूलाई भविष्यमा कहिल्यै सरकारी सेवामा आउन नपाउने गरी (अयोग्य ठहरिने गरी) कडा कारबाही प्रक्रिया अघि बढाएकी छन्। उनीहरूलाई १५ दिनभित्र चित्तबुझ्दो प्रमाणसहित सफाइ पेश गर्न कडा आदेश दिइएको छ।
मुलुकमा सुशासनको नयाँ किरण छर्दै, निष्पक्ष र निडर भएर मन्त्री प्रतिभा रावलले चालेको यो ऐतिहासिक कदमले आम जनतामा राज्यप्रति फेरि ठुलो आशा र भरोसा जगाएको छ। देशलाई यस्तै मनैदेखि काम गर्ने देशभक्त मन्त्रीको खाँचो छ।
प्रतिक्रिया