पारस खड्कासँग अमेरिकाको डिसी महानगर क्षेत्रमा भेटघाट तथा स्वागत कार्यक्रम गरिदै

इनेप्लिज २०८० चैत २८ गते २२:३२ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं चर्चित खेलाडी पारस खड्कासँग अमेरिकाको डिसी महानगर क्षेत्रमा भेटघाट तथा स्वागत कार्यक्रम हुने भएको छ ।

आगामी अप्रिल १७ का दिन बुधबार भर्जिनियाको मनासस शहरमा उनिसँग नेपाली समुदायको भेटघाट हुनेछ भने उनलाई स्वागत कार्यक्रम समेत राखिएको आयोजकको तर्फबाट अभिजित राईले ईनेप्लिजलाई बताए ।

उक्त कार्यक्रममा बिभिन्न संघ/संस्थाहरुको सहभगिता रहने भएको छ भने कार्यक्रम साँझ ६ बजे देखि ९ बजे सम्म राखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा आगमनसंगै खड्का खेल पछि अमेरिकाका बिभिन्न राज्यहरुमा नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।

कार्यक्रम मनाससको विनडम अतिथि गृह (होटल)मा हुनेछ । आयोजकले सामाजिक संजाल मार्फत सबैलाई आमन्त्रण गरेका छन् भने बिस्तृत जानकारी लिन अभिजित राईसँग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया