आईएसआईएससँग कथित सम्बन्ध भएका आप्रवासी दुई वर्षभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएको खुलासा

इनेप्लिज २०८१ वैशाख २० गते ११:३४ मा प्रकाशित

आईएसआईएससँग कथित सम्बन्ध भएका आप्रवासी दुई वर्षभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएको अधिकारीहरूले खुलासा गरेका छन् ।

अध्यागमन र भन्सार बिभागले भर्खरै बाल्टिमोरमा एक उज्वेकिस्तानका एक व्यक्तिलाई कथित आइएसआइएससंग सम्बन्ध भएको आरोपमा पक्राउ गरेको छ ।

एनबिसीका अनुसार उनी दुई वर्ष भन्दा बढी समयदेखि संयुक्त राज्य अमेरिका भित्र बस्दै आएका थिए । ती व्यक्ति ३३ वर्षीय जोभोखिर अट्टोभ भएको पुष्टि भएको छ ।

उनि सीमा पार गरेर एरिजोनामा प्रवेश गरेका थिए । फेब्रुअरी २०२२ मा सीमा गस्तीले उनलाई पक्राउ गरेको अधिकारीहरूले बताए । त्यस समयमा न त भन्सार न सीमा सुरक्षा तथा आईसीईले अट्टोभ सँग कुनै त्यस्ता जानकारी फेला पार्न नसकेको समाचारमा लेखिएको छ ।

उनी पछि अमेरिकामा धरौटीमा रिहा भएका थिए । त्यसपछि मे २०२३ उज्वेकिस्तानले अन्तर्राष्ट्रिय सूचना जारी गरेको थियो । अट्टोभलाई आईएसआईएससँगको कथित सम्बद्धताको कारण अमेरिकामा खोजिएको थियो।

आईसीईले उनलाई १७ अप्रिलमा बाल्टिमोरबाट पक्राउ गरेको छ भने आईसीईका अनुसार अट्टोभ अहिले पेन्सिलभेनियामा हिरासतमा छन् ।

प्रतिक्रिया