बाल्टिमोरमा जहाजको ठक्करबाट भत्किएको पुलबाट बेपत्ता भएका पाँचौं व्यक्तिको शव फेला ,अझै १ जना बेपत्ता

इनेप्लिज २०८१ वैशाख २० गते १०:२८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मालसामान बोकेको जहाजको ठक्करबाट भत्किएको पुलबाट बेपत्ता भएका पाँचौं व्यक्तिको शव फेला परेको छ ।

पाँच हप्ता अघि बाल्टिमोर पुल भत्किँदा पाँचौं पीडितको शव फेला पारेको अधिकारीहरूले बुधबार बताए ।

पीडितको पहिचान भएको छ । उनि मेरिल्याण्डको ग्लेन बर्नीमा बस्दै आएका मिगुएल एन्जल लुना गोन्जालेज भएको पुष्टि भएको छ ।

२१३ मिलियन पाउन्डको पोतभार (कार्गो )जहाज मार्च २६ मा फ्रान्सिस स्कट की ब्रिज(कि नामक पुल )मा ठोक्किको थियो । संरचनालाई भत्काएको र खाल्डाहरू मर्मत गर्ने छ जना कामदारको मृत्यु भएको छ । यो पुल दैनिक करिब ३०,००० मेरील्याण्डवासीहरूले प्रयोग गर्ने गरेको सिएनएनले जनाएको छ ।

छ जना निर्माण कार्यकर्ता होन्डुरस, एल साल्भाडोर, मेक्सिको र ग्वाटेमालाका आप्रवासी थिए। बुधबार फेला परेपछि पनि १ जनाको शव अझै बेपत्ता छ ।

प्रतिक्रिया