टेक्ससको नेपालीहरुको घना वस्ती भएको फोर्ट वर्थ शहरको एक आवास गृहमा किशोरहरु माथि गोली प्रहार ,कम्तिमा ६ जना घाइते

इनेप्लिज २०८१ वैशाख २० गते १०:५२ मा प्रकाशित

अमेरिकाको नेपालीहरुको घना वस्ती भएको टेक्सस राज्यको फोर्ट वर्थ शहरको एक आवास गृह(बहु भवन)मा किशोरहरु माथि गोली प्रहार गरिएको छ । कम्तिमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

अपार्टमेन्ट कम्प्लेक्स अर्थात् आवास गृहमा ३ देखि १९ वर्षका ६ जनालाई गोली प्रहार गरिएको छ ।

घटना बुधबार साँझ करिब ७:३० बजे भएको हो । फोर्ट वर्थ प्रहरी विभागलाई खबर गरिएको थियो । फोर्ट वर्थ शहरको पश्चिमी भागमा लस भेगास ट्रेलको ३००० भवन समूहमा रहेको आवास गृहमा गोली चलेको खबर पाए पछि प्रहरीहरु त्यहाँ पुगेको फोर्थ वर्थ प्रहरी विभागले बिहीबार बिहानको विज्ञप्तिमा जनाएको छ ।

प्रहरीहरु लगभग ७:३८ बजे आइपुगे । उनीहरुले सवारी साधन अड्डा (पार्किङ) स्थलमा बन्दुकको गोली लागेका धेरै पीडितहरूलाई भेट्टाएको प्रहरीले बताए । “तीन वर्ष देखि १९ वर्ष उमेर समूहका जम्मा ६ जना पीडितलाई सामान्यदेखि गम्भीर चोटपटक लागेको बिज्ञप्तिमा जनाईएको छ ।

अधिकारीहरूले फोर्ट वर्थ अग्नि नियन्त्रण तथा चिकित्सा टोली (मेडस्टार)को सहयोगमा तुरुन्तै चिकित्सा सहायता प्रदान गर्न सहयोग गरेको अधिकारीहरूले बताए ।

घाइतेमध्ये पाँच जनालाई स्थानीय अस्पतालमा लगिएको छ भने एकजनाले घाइते भएकाले उपचार गर्न अस्वीकार गरेका छन् । उपचारका लागि लगिएका पाँच जनाको अवस्था अहिले अज्ञात रहेको एबिसीन्यूजले आफ्नो समाचारमा लेखेको छ ।

फोर्ट वर्थ प्रहरी विभागका अनुसार एक संदिग्ध गाडी यस स्थानबाट चलिरहेको देखेको जनाएको छ । कम्तिमा एक वा बढी व्यक्तिहरूले संदिग्ध गाडीबाट सबै पीडितहरू तर्फ गोली हानेका थिए ।

फोर्ट वर्थ प्रहरी विभागका अनुसार बन्दुक हिंसा इकाईले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया