अमेरिकाबाट सन्चालित सत्सङ कार्यक्रममा ‘लुम्बिनी: सम्भावना र चुनौतिहरु’ विषयक अन्तरक्रिया

इनेप्लिज २०८१ वैशाख २० गते ९:४४ मा प्रकाशित

संयुक्त राज्य अ्मेरिकाको विस्कानसिन राज्यको राजधानि म्याडिशनस्थित हिन्दु धर्म सर्कलले बिगत चार बर्षदेखि प्रत्येक शुक्रवार साँन्झ ८ बजे निरन्तर रुपमा बिभिन्न आध्यात्मिक गुरुहरुमार्फत बिभिन्न बिषयमा सत्सङ कार्यक्रम गर्दै आएकोमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विश्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार अस्ट्रेलिया निवासी रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा बहुआयामिक प्रस्तुति दिने क्रममा लुम्बिनीको विकासका लागि राष्ट्र संघ मार्फत दुईवटा गुरुयोजना तयार भैसकेको चर्चा गर्दै गुरुयोजना मुताबिक लुम्बिनीको विकास सम्पन्न गरी ठोस योजनासहित अगाडि बढ्न सकिएको खण्डमा वाषिर्क डेढ अर्ब डलरभन्दा बढी आम्दानी सहजै गर्न सकिने र यसले देश बिकासमा कायापलट नै गर्न सक्ने बताए ।

श्रेष्ठले स्वीडेन र कोरियाको पाठ्य पुस्तक र सिड्नी, अस्ट्रेलियाकै बेन्डिगो र अमेरिकाको वुद्ध मन्दिरमा भएको भएको वुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउने कामपस्चात अभियानका तर्फबाट आफूले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई ती देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याइनु पर्ने आग्रह गरी तयार पारेको ६ पेज लामो अनुसन्धनात्मक प्रतिबेदन नेपाल सरकारलाई हस्तान्तरण गरेको जानकारी उनले दिए ।

प्रस्तुतिको क्रममा श्रेष्ठले अमेरिकी जुत्ता कम्पनीले वुद्धको फोटो जुत्तामा राखेपछि तात्कालिन अमेरिकी राष्ट्रपति ओबामालाई अभियानका तर्फबाट आफूले लेखेको चिठ्ठी र सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई केही प्राबिधिक कारणले गर्दा बिभिन्न देशको पाठ्य पुस्तकमा वुद्धको जन्मस्थल बिषयमा गलत जानकारी राखिएकोले प्रजातन्त्रको सबलिकरण, मानव अधिकार हननको प्रतिरक्षा र विस्व शान्ति प्रकृयाको सबलिकरण जस्ता विस्वब्यापी मान्यतामा रहेर ती देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउन आफूले अभियानका तर्फबाट तयार पारेको छ: पेजको अनुसन्धानात्मक प्रतिबेदन नेपाल सरकारलाई हस्तान्तरण गरेको र प्रतिबेदनमा कसैलाई आरोप लगाउने काम नभएको बरु प्रसंशा गर्ने काम यथेस्ट मात्रामा भएकोले यो अभियानमा सहभागी भएर अगाडि बढ्न कोही पनि त्रसित हुन नपर्नेबारे प्रस्ट पारे ।

अभियानको सोही प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाई पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती देशमा पत्राचारसमेत गरेको जानकारी दिए श्रेष्ठले ।

श्रेष्ठले नेपालमा रहने नेपालीले वुद्धको जन्मस्थल बिषयमा आफूले बुझेको कुरालाई नै विश्व जनताले पनि बुझेको भन्ने भ्रममा पर्नु, भू-राजनीतिक अवस्थाका कारण अस्थिर राजनीतिक अवस्था हुनु, बिभिन्न देशको पाठ्य पुस्तकमा नै गलत जानकारी हुनु, बिश्व स्तरिय पत्रिका, संग्राहलय, पत्रकार, सन्जालले पनि गलत जानकारी प्रबाह गर्नु जस्ता कारणहरुले गर्दा समस्याले विश्वब्यापी रुप लिएको बताउँदै समस्याको जरा भनेको बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएको र यो समस्या समाधान अभियानको मूल उद्धेस्य भएकोले अभियानको उद्धेस्य प्राप्ती कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन नेपाल सरकारलाई शून्य आर्थिक भार पार्ने गरी काम अगाडि बढाउन आफूले अभियानको तर्फबाट ‘लुम्बिनी कुटनीति’ तयार गरी बर्तमान प्रधानमन्त्री पुष्पकमल दहाललाई हस्तान्तरण गरिसकेको जानकारी गराए ।

विस्व संयोजक श्रेष्ठले राष्ट्र संघका दुई महत्वपूर्ण निकायहरु अन्तराष्ट्रिय न्यायालय हेग र युनेस्कोको मुख्यालय फ्रान्सको पेरिसमा वुद्धको जन्मस्थल नेपाल भएको जानकारी सहित वुद्धको मूर्ति स्थापना गरिसकेकोले बान कि मून जस्ता बुद्धिस्ट राष्ट्र संघको महासचिब भएको समयमा विस्व शान्ति मुख्य उद्धेस्य भएको राष्ट्र संघिय मुख्यालयमा विस्व शान्तिका प्रतिक वुद्धको मूर्ति वुद्धको जन्मस्थल नेपाल भएको जानकारी सहित स्थापना गर्न आग्रह गर्न तात्कालिन प्रधानमन्त्री खड्ग प्रशाद वलीलाई पत्र लेखिएकोमा त्यस्तो महत्वपूर्ण काम अगाडि नबढाइएकोले बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई सोही प्रयोजनका लागि पत्र लेखिने जानकारी दिए ।

दिनार श्रेस्ठद्धारा सन्चालित सो सत्सङ कार्यक्रमको शुरुवात संस्थाका अध्यक्ष डा कृष्ण सिजापतिबाट भएको थियो भने समापन पूर्ण श्रेस्ठबाट भएको थियो । हिन्दु धर्म सर्कलले अहिलेसम्म नेपाल, भारत, क्यानडा, अस्ट्रेलिया, अ्मेरिका आदि बिभिन्न देशहरुबाट श्रोत ब्यक्ति ल्याएर बिबिध बिषयमा दुइ सयभन्दा बढि सत्सङ कार्यक्रमको आयोजना गरि सकेको छ ।

शुरुमा प्रस्तुति र त्यसपछि प्रस्नोत्तर रहेको उक्त कार्यक्रम करीब दुइ घण्टा चलेको थियो ।

प्रतिक्रिया