जर्मनीद्वारा गाजामा नरसंहारलाई सहजीकरण गरिरहेको निकारागुआको आरोपलाई अस्वीकार

इनेप्लिज २०८० चैत २७ गते ११:२६ मा प्रकाशित

जर्मनीले गाजामा नरसंहारलाई सहजीकरण गरिरहेको निकारागुआको आरोपलाई “दृढ रूपमा अस्वीकार” गरेको छ ।

जर्मनीले निकारागुआको अन्तर्राष्ट्रिय अदालत (आईसिजे) मा इजरायललाई समर्थन गरेर गाजामा “नरसंहारलाई सहजीकरण” गरिरहेको आरोपको जवाफ फर्काएको छ।

इजरायली सुरक्षा जर्मन विदेश नीतिको “मूल” मा रहेको कुरामा जोड दिँदै उत्तर दिएको छ ।

मंगलबार नेदरल्याण्डको हेगमा आईसीजेलाई सम्बोधन गर्दै, जर्मनीका वकिल तानिया भोन उसलर-ग्लेचेनले जोड दिदै भनिन जर्मनीले “निकारागुआको आरोपलाई दृढतापूर्वक अस्वीकार गर्दछ।”

“जर्मनी सधैं अन्तर्राष्ट्रिय मानवीय कानून र मानवीय सिद्धान्तहरूको प्रवर्द्धन र सुदृढीकरणको पक्षमा रहेको छ,” भन उसलर-ग्लेचेनले भनिन। उनि जर्मन विदेश कार्यालयका कानूनी निर्देशक हुन्।

सोमबारको सुनुवाईमा निकारागुआले जर्मनीलाई इजरायलको लागि निरन्तर राजनीतिक, आर्थिक र सैन्य सहयोग र गाजामा रहेको संयुक्त राष्ट्र संघको मुख्य सँस्था (एजेन्सी)संयुक्त राष्ट्र संघको राहत र कार्य सँस्थालाई आर्थिक सहायता निलम्बन गरेर “नरसंहारको सुविधा दिएको” आरोप लगाएको थियो ।

प्रतिक्रिया