जगन्नाथ पौडेलको कृति ‘बग्दैबग्दै’ विमोचित

इनेप्लिज २०८० चैत २७ गते १०:३४ मा प्रकाशित

नेपाली डायस्पोराका कवि जगन्नाथ पौडेलको कृति ‘बग्दैबग्दै’ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा एक समारोहकाबीच विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले आयोजना गरेको उक्त कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि एवं अनेसास बिओटीका अध्यक्ष पदम विश्वकर्मा, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, अनेसासका केन्द्रीय उपाध्यक्षहरु राजेन्द्र श्रेष्ठ र डा. रेणु थापा सोलु, समालोचक महेश पौडेल, अश्विनी कोइलाला, गणेश कुमार जी. सी. बालाकृष्ण अधिकारीलगायतले लोकार्पण गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि पदम विश्वकर्मा, पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार .डा. लक्ष्मणप्रसाद गौतम, कवि जगन्नाथ पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

यसैगरी समालोचक महेश पौडेल र डा. बालाकृष्ण अधिकारीले लोकार्पित कृतिकोबारे समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । प्राडा लक्ष्मणप्रसाद गौतमले मन्तव्यका क्रममा बग्दैबग्दैभित्र सौन्दर्यचेतनाले भरिएका शक्तिशाली कविताहरू रहेको भन्दै कवि पौडेलले कवितामा आफ्नो शिखर निर्माण गरेको बताउनुभयो । समीक्षक महेश पौड्यालले ‘बग्दैबग्दै’ कविताकृति वर्तमान कविता परम्परामा एउटा शक्तिको रूपमा स्थापित हुने कुरामा विश्वश्त हुन सकिने अभिव्यक्ति राख्नुभयो । डा. बालाकृष्ण अधिकारीले पाँच पटक सोचेर यो कृति डायस्पोरा साहित्यको बजेड नमुनाको रूपमा आएको छ भनी दाबा गर्न सकिने कुरा बताउनुभयो ।

कार्यक्रममा साहित्यकार सुमन वर्षा, तैँतैँ धिताल, मोहराज शर्मा लगायतले लोकार्पित कृतिबाट कविता वाचन गर्नु भएको थियो । कविता वाचनको बेला वसन्त चामलिङ राईले बाँसुरीमा धुन दिनु भएको थियो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के. सी. को सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कोषाध्यक्ष कमला रिसालले स्वागत गीत, उपाध्यक्ष निर्मल पराजुलीले स्वागत मन्तव्य र संचालन उपाध्यक्ष उपाध्यक्ष मन्जिला अनिलले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, दिव्य गिरी, विजयध्वज थापा, विक्रमभक्त जोशी, देविका तिमिल्सिना, रन्जना निरौला (महासचिव), शान्ति रिसाल, सिर्जना शर्मा, रमेश दहाल, ममता मृदुल, यादेवी ढकाल, राज रजक, रिसव घिमिरे, हरिश कल्पित लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया