न्युजिल्यान्डमा आप्रवासीहरु बढदै गएकोले प्रवेशाज्ञा नियमहरू कडा बनाउने 

इनेप्लिज २०८० चैत २६ गते १८:४१ मा प्रकाशित

न्युजिल्यान्डमा आप्रवासीहरु बढदै गएकोले प्रवेशाज्ञा नियमहरू कडा बनाउने भएको छ ।

न्युजिल्यान्डले प्रवेशाज्ञा(भिसा )नियमहरू कडा बनाउने एक मन्त्रीले बताएका छन ।

अध्यागमन मन्त्री एरिका स्ट्यान्डफोर्डका अनुसार हालका वर्षहरूमा आप्रवासीहरूको “अस्थिर” स्तर देखेकोले समग्र अध्यागमन संख्या कम गर्न न्यूजील्याण्डले केही आप्रवासीहरूको लागि प्रवेशाज्ञा( भिसा) नियमहरू कडा बनाउने भएको छ ।

स्ट्यानफोर्डले आइतवार मान्यता प्राप्त रोजगारदाता कार्य प्रवेशाज्ञा(वर्क भिसा )कार्यक्रम तथा प्राथमिक अस्थायी कार्य प्रवेशाज्ञा कार्यक्रममा परिवर्तनहरूको घोषणा गरेको बताइन ।

 न्यूजील्याण्डले अझै पनि आवश्यक पर्ने दक्ष कामदारहरूलाई आकर्षित गर्न सक्छ र आप्रवासीहरूको शोषणको जोखिमलाई कम गर्ने कुरा सुनिश्चित गर्नेछ , उनले भनिन ।

यद्यपि २०२३ मा १७३,००० नयाँ गैर-न्युजिल्यान्ड नागरिकहरूको बसाई सराई किर्तीमान नजिक पुगेको छ ।

न्यूजील्याण्डका निवासी पनि देश बाहिर बसाई सराई गरि रहेका छन्। गत वर्ष मुलुकबाट ४७ हजार नागरिकहरु बाहिर गएको सिविएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया