रुसले युक्रेनले आणविक कारखानामा आक्रमण गरेको दाबी , कीभद्वारा अस्वीकार

इनेप्लिज २०८० चैत २६ गते १०:५३ मा प्रकाशित

रुसले युक्रेनले आणविक कारखानामा आक्रमण गरेको दाबी गरेको छ भने कीभले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ ।

रुसले युक्रेनले रुसी सेनाद्वारा नियन्त्रित जापोरिजिया आणविक उर्जा चौकी (पावर स्टेशन)मा आइतवार ३ पटक आक्रमण गरेको र पश्चिमसँग प्रतिक्रिया माग गरेको बताए पनि कीभले आक्रमणसँग यसको कुनै सरोकार नभएको बताएको छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा सँस्था (एजेन्सी)ले नोभेम्बर २०२२ पछि पहिलो पटक युरोपको सबैभन्दा ठूलो आणविक कारखानालाई प्रत्यक्ष रूपमा लक्षित गरिएको र यस आक्रमणले आणविक सुरक्षालाई खतरामा पारेको बताएको छ।

रुसी सेनाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेको केही समयपछि सन् २०२२ मा कारखानालाई नियन्त्रणमा लिएको थियो। मस्को र कीभ दुबैले बारम्बार एकअर्कालाई कारखानामा हमला गरेर आणविक दुर्घटनाको जोखिममा रहेको आरोप लगाएका छन्।

रुसको राज्य आणविक निगम रोसाटोमका अनुसार युक्रेनले आइतवार कारखानामा तीन पटक मानव रहित यान (ड्रोन)द्वारा आक्रमण गरेको थियो। पहिले चमेनागृह नजिकै तीन जनालाई घाइते बनाएको त्यसपछि पोतभार (कार्गो क्षेत्र)मा र त्यसपछि एक गुम्बजमा आक्रमण भएको उल्लेख गरेको छ ।

कारखाना र वरपरको क्षेत्रमा विकिरण स्तर परिवर्तन नभएको समेत रोसाटोमले जनाएको छ ।

प्रतिक्रिया