बिश्वकै सबैभन्दा वृद्ध १११ वर्षीय मानिसको दीर्घायुको रहस्य नियमित माछा ,गिनिज बिश्व कीर्तिमानधारी उपाधिद्वारा सम्मानित

इनेप्लिज २०८० चैत २५ गते १२:१० मा प्रकाशित

विश्वको सबैभन्दा वृद्ध मानिसले आफ्नो लामो आयुको रहस्य भनेको भाग्य, संयम र हरेक शुक्रबार माछा र चिप्स (झुरा /छेस्काछेस्की )रहेको बताएका छन्।

१११ वर्षीय बेलायती जोन अल्फ्रेड टिनिसवुडलाई गिनिज वल्र्ड रेकर्ड्स (गिनिज बिश्व किर्तिमान)ले उपाधि प्रदान गरेको छ । उनि जीवित रहने सबै भन्दा धेरै बर्ष भएको समेत पुष्टि गरेको छ।

यो महिना ११४ वर्षको उमेरमा भेनेजुएलाका कीर्तिमानधारी जुआन भिसेन्टे पेरेजको मृत्यु भएको छ। जापानका गिसाबुरो सोनोबे जो सबैभन्दा लामो समय बाँचेका थिए तर उनको गत मार्च ३१ मा ११२ वर्षको उमेरमा मृत्यु भएको थियो ।

टिनिसवुडलाई उत्तरपश्चिम बेलायतको साउथपोर्टमा रहेको बृद्ध हेरचाह गृह (केयर होम)मा गत बिहीबार गिनिज वल्र्ड रेकर्ड्सले प्रमाणपत्र प्रदान गरेको थियो।

टाइटानिक डुबेको केही महिनापछि अगस्त २६, १९१२ मा लिभरपुलमा जन्मेका टिनिसवुडले दोस्रो विश्वयुद्धमा बेलायती सेनामा (ब्रिटिश आर्मी पे कोर्प्स)मा सेवा गर्दै दुई वटा विश्वयुद्धमा बाँचेका थिए।

सेवानिवृत्त लेखापाल र स्वस्थ जीवनको लागि संयमता महत्वपूर्ण भएको उनि कहिल्यै धुम्रपान नगर्ने ,विरलै मादक पदार्थ पिउने र हप्तामा एक पटक माछा र चिप्स रात्रि भोजन (सपर )बाहेक कुनै विशेष आहार उनि नखाने एनबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया