एप्पलले क्यालिफोर्नियामा ६०० भन्दा बढी कामदारहरूलाई निकाल्दै

इनेप्लिज २०८० चैत २३ गते ११:१७ मा प्रकाशित

एप्पलले क्यालिफोर्नियामा ६०० भन्दा बढी कामदारहरूलाई निकाल्ने एबिसीन्यूजले जनाएको छ ।

बिश्वमा करिव करिव एकलौटी अधिपत्य जमाएको र सर्वाधिक मन पराईएको र सर्वाधिक प्रयोग गरिने मध्ये कै एक घुम्ती यन्त्र (आईफोन )निर्माताले गत मार्च २८ मा धेरै कार्यालयहरूमा ६१४ कामदारहरूलाई जागिर जाने बिषयमा सूचित गरेको छ ।

कर्मचारीहरुले आफ्नो जागिर गुमाउने भन्दै सूचना जारी गरिएको थियो । आगामी मे २७ देखि हटाउने प्रक्रिया प्रभावकारी हुने जनाएको छ ।

एबिसीन्यूजका अनुसार क्यालिफोर्नियाको सान्टा क्लाराका ८ वटा कार्यालयहरूबाट कामदारहरूलाई हटाइने छ । तर कुन कुन विभाग वा परियोजनामा कर्मचारी संलग्न थिए भन्ने खुलाइएको छैन।

एप्पलले लगभग १,६१,००० पूर्णकालिन कर्मचारीहरू रहेको बताएको छ।

प्रतिक्रिया