गाजामा ७ जना खाद्य सहायता कार्यकर्ताहरू मारिए पछि इजरायलद्वारा दुई सैन्य कर्मचारीहरूलाई बर्खास्त

इनेप्लिज २०८० चैत २३ गते १०:५६ मा प्रकाशित

गाजामा ७ जना खाद्य सहायता कार्यकर्ताहरू मारिए पछि इजरायलले दुई सैन्य कर्मचारीहरूलाई बर्खास्त गरेको छ ।

इजरायलले आफ्नो गल्ती पहिचान भएको निष्कर्षमा पुगेपछि दुई सैन्य कर्मचारीहरूलाई बर्खास्त सिएनएनले जनाएको छ ।

इजरायली सेनाले हमासका कार्यकर्ताहरूलाई निशाना बनाएको विश्वास गरेका थिए । तर गलत निशानाको कारण उनीहरूले गत गाजामा सोमबार सात खाद्य सहायता कार्यकर्ताहरूलाई आक्रमण गर्दा उनीहरुको ज्यान गएको हो ।

आन्तरिक अनुसन्धानका अनुसार दुई सेनापतिहरूलाई बर्खास्त गरिएको छ । गत सोमबारको आक्रमणमा सात जना सहायताकर्मीहरू मध्ये तीन जना बेलायती, एक जना प्यालेस्टिनी, एक अमेरिकी-क्यानाडेली दोहोरो नागरिक, एक अष्ट्रेलिया लगायत मारिएका थिए

अन्तरराष्ट्रिय जगतमा यसको व्यापक निन्दा भएको छ भने ती देशहरूमा क्रोध उत्पन्न भएको छ । धेरै जसो पश्चिमी राष्ट्रका प्रमुखहरूले आक्रमणको बारेमा स्वतन्त्र र तेस्रो पक्ष अनुसन्धानको लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया