लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजनीमा दिनुभएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिनुभएको हो । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले राजीनामा गरेको बताउनुभयो ।
मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ती पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरेपनि असफल भएपछि राजीनामाको गर्नुभएको हो । मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत प्राप्त गर्नुभएको थियो।
प्रतिक्रिया