मैले यस कारण एड्रिन पोखरेललाई सहयोग गरिरहेको छु -परशुराम भण्डारी

इनेप्लिज २०८० चैत २२ गते १०:१६ मा प्रकाशित

१ समाजमा भरखरै परिचय बनाउन निस्केको एउटा उमेद्वारका लागि कति असहज परिस्थिति हुन्छ भन्ने बारेमा मैले राम्ररी बुझेको छु ।
२ एड्रिन आशिष पोखरेल युएस कांग्रेशको लागि अत्यन्त सक्षम उमेद्वार देखेको छु ।
३ एड्रिन आशिष पोखरेलले आफ्नो देश प्रति ठूलो त्याग गरेको कुरा उहां अफ़ग़ानिस्तानमा गएर गरेको भूमिकाले स्पस्ट पार्छ ।
४ एड्रिन आशिष पोखरेलसंग अमेरिकाको कामको बारेमा ज्ञास स्टेशन देखि अमेरिकी प्रहरी , सैनिक , सि आइ ए जस्ता ठाऊहरूको राम्रो अनुभव रहेछ ।
५ एड्रिन आशिष पोखरेल म जन्मेकै देशबाट अमेरिका आएर संघर्ष गरेको उमेद्वार पनि हो । अरूको उमेद्वारहरुको तुलनामा आफ्नै भाषीको उमेद्वारले हाम्रा आवाज सुन्न सहज हुन्छ ।
६ एड्रिन आशिष पोखरेल अत्यन्त मिलनसार ( डाउन टू अर्थ ) देखेको छु । मतदाताहरूका माझमा जांदा अत्यन्त सालिन स्वभाब देखें । त्यसैले पनि म उहांको अभियानमा सहभागी बनेको छु ।
७ म भर्जिनियाको डिस्ट्रिक १० को बासिन्दा र मतदाता पनि हुं भने एड्रिन आशिष पोखरेल पनि यही डिष्ट्रिकको बासिन्दा हो , त्यसैले पनि म उहांका लागि खुलेर सहयोग गर्न चाहन्छु ।
८ एड्रिन आशिष पोखरेलले भर्जिनिया इलेक्सनको रिक्वाएरमेन्ट १००० जना यही क्षेत्रका मतदाताहरूको पिटिसन पुर्याई सकेका छन , उनी अब ब्यालेटका लागि क्वालिफाइड बनेका छन , त्यसैले म उनलाई सहयोग गर्छु ।
९ अल्प बिकसित मुलुकका र अल्पसंख्यकको रूपमा रहेका हाम्रा समुदायको परिचय र पहिचानका लागि पनि म एड्रिनलाई सहयोग गर्छु ।
१० प्रजातांत्रिक मुलुकमा आफूलाई मन परेको उमेद्वारलाई प्राइमरीमा रोज्ने अधिकार भएका कारण पनि म मेरो स्वतन्त्रताको प्रयोग गर्न उहांलाई सहयोग गर्छु ।
११ प्राइमरी चुनावमा हरेक उमेद्वारको फोकस र अपेक्षा आफ्नै समुदायबाट हुन्छ नै त्यसैले पनि म हाललाई एड्रिनलाई समर्थन गर्दछु ।
१२ जुन १८ को प्राइमरी चुनाब पछि जुन उमेद्वारले बिजय प्राप्त गर्ने छन नोबेम्वर ५ को निर्बाचनमा त्यही मेरो उमेद्वार बन्नेछन ।
१३ आफ्नो उमेद्वारी नोमिनेशनका लागि आबस्यक पर्ने १००० पिटिसनका लागि अझै पनि उमेद्वारहरू संघर्ष गरिरहेको अबस्थामा हामीले १५०० भन्दा बढीको हस्ताक्षर बुझाइ सकेका छौ , हामी क्वालिफाइड पनि बनिसक्यौ , त्यसैले ती पिटिसन गर्नेहरू प्रति सम्मान गर्दै तिनै मित्रहरू नै एड्रिनका चुनाब प्रचार प्रसारका वाहक ठानेर पनि म एड्रिनलाई सहयोग गर्छु ।
१४ नेपाली मूलको अमेरिकनहरूलाई अमेरिकी कांग्रेस ( क्यापिटल हिल ) मा पुर्याउन सक्नु भनेको नेपालसंगको संबन्ध अमेरिकासंग मज़बूत बनाउनु पनि हो ।
१५ एड्रिन आशिष पोखरेल लगायत नेपाली मूलका अमेरिकन उमेद्वारहरूलाई सकेको सहयोग गरिनु पर्छ त्यही भएर पनि मैले सकेको सबै किसिमका सहयोग सबैलाई गरेको छु र गर्नका लागि अनुरोध पनि गर्दछु ।

सहयोग गर्न र बिस्तृत जानकारी लिन यहाँ थिचु होला :

https://secure.actblue.com/donate/adrian4congress-4?fbclid=Iw

प्रतिक्रिया