केन्टकीमा नव वर्ष २०८१ सांगितिक साँझ हुदै

इनेप्लिज २०८० चैत २१ गते २२:०० मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यको लेक्जिड्टन शहरमा भव्य सांगितिक कार्यक्रम हुदैछ । प्रवासमा बस्दैआएका नेपालीहरुले प्रत्येक वर्ष नेपाली वर्ष बिक्रम संम्वत धुमधामका साथ मनाउदै आईरहेका छन त्यसै अनुरुप यसपाली पनि केन्टकी राज्यमा रहेको एन्का नामक सामाजिक संस्थाले यहॉका स्थानिय संस्थाहरु एनआरएनए,ईनास,बिसिएलके,सुप समाज तथा अन्य संस्थहरुको सहकार्य र सहयोगमा भव्य सांगितिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा नेपाल आईडलका विजेता रवि ओड लोकदोहोरी गायक मिलन लामा शान्ति भन्डारीले सांगितिक प्रस्तुति दिनुहुनेछ । अन्य कलाकारहरुमा मुरारी गुरागाई, बिष्णु डुम्रे सरोज अधिकारी , मंजु लामा , रस्मी खरेलको पनि प्रस्तुति रहनेछ र अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने कुरा एन्काका सचिव भरत उप्रेतीले जानकारी गराउनु भयो । त्यस्तै संस्थाका अध्यक्ष सन्त कुँवरले सबैको सहयोग सहकार्यले कार्यक्रम सफल हुनेमा जोड दिनु भयो । सबैको साझा कार्यक्रम बनाउने जमर्को सहित सबैलाई जोडेर लैजाने र सबैसंग सहकार्य गरेर अघि बढ्ने उदेश्यका साथ हामी लागिरहेको जानकारी दिनु भयो । केहि समयमा नेपाली भाषापाठशाला संच्लनमा ल्याउन लगभग तयारी अवस्थामा रहेको र यो कार्यनीति सबैको साथ सहयोग रहेको पनि जानकारी दिनु भयो । आगामी कार्यक्रम सांगितिक कार्यक्रम सकिए लगत्तै नेपाली भाषा पाठशालाको सम्पुर्ण कार्यक्रम अगाडी बढाईने कुरा जानकारी दिनु भयो ।

यहि आउदो अप्रिल १२ शुक्रवारका दिन सबै लेक्जिड्टन र यसको आसपास बसोबास गर्नुहुने नेपाली र नेपालीभाषी जन समुदाय उक्त सांगितिक कार्यक्रममा उपस्थित भैई कार्यक्रम भव्य र सभ्य रुपमा समापन गर्न सहयोग गरिदिन हुन सबैमा अनुरोध गरिएको छ । कार्यक्रम सम्बन्धि थप जानकारीको लागि तलको पोस्टरमा हेर्नहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया