विश्वकिर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई  बैंककमा रजत सम्मान

इनेप्लिज २०८० चैत २१ गते ११:२२ मा प्रकाशित

काठमाडौं ।

ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड थाइलैण्डको बैंककमा सम्पन्न भएको छ । लामो समयदेखि आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपालसहित थाईलैण्ड, भियतनाम र कम्बोडियाका प्रतिष्ठित विशिष्ट व्यक्तित्वहरूको उपस्थिती थियो ।

एसमपी मिडियाको आयोजना तथा प्याजेन्ट नेपाल नेटवर्क र निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा रजत सम्मान वरिष्ठ गायक सीताराम पोखरेललाई प्रदान गरिएको थियो भने शव्द रचना तथा साहित्यतर्फ रजत सम्मान विश्वकिर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई प्रदान गरिएको थियो ।

डा.उपाध्यायले विभिन्न विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।
यस्तै सामाजिक सेवाका लागि समाजसेवी सोमा खत्री, युवा सार्वजनिक सेवा सम्मान दिवाकर रेग्मि, कला तथा साहित्य सम्मान कमला राई, सञ्चार सेवा सम्मान रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल, युवा उद्यमी सेवा सम्मान प्रविन केसी, पर्यटन उद्यमी सम्मान पोखराका प्यराग्लाइडिङ्ग पाईलट महेश रावललाई प्रदान गरिएको थियो ।

थाई नेपाली समाजका पूर्व अध्यक्ष तथा व्यबसायी कुमार कार्की, बैंककका युवा व्यबसायी तवान नाम्हन्याएल, थाई सरकारकी राजश्व अफिसर कमोनन फोटीटाई, आईसिआरसीका दमेटिक एडभाईजर तथा एसिया प्रशान्तका क्षेत्रिय आर्थिक सुरक्षा प्रमुख बाल भुजेल, थाईलैण्डमा रहेर लामो समयदेखि व्यापार व्यबसाय गर्दै आउनुभएका एनआरएनए थाईलैण्डका उपाध्यक्ष आतिश श्रेष्ठ, जेम्स कार्की, सुनील खड्का, नृत्यकार तथा मेरो डान्स युनीभर्सकी विजेता खुशी कार्की ‘सुकी’ लगायतको हातबाट सम्मानित व्यक्तित्व तथा अवार्ड विजेताहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

थाईलैण्डको बैंककमा रहेको होटल प्रिन्सटनमा आयोजित उक्त अवार्ड समारोहमा यस वर्षको उत्कृष्ट चरित्र अभिनेताको अवार्ड शिवहरि नेपाल बैरागीले आफ्नो पोल्टामा पार्दा उत्कृष्ट गायनको अवार्ड नरहरि प्रेमीले चुम्नुभएको थियो । यस्तै, गायनतर्फ लोक गायक राम बहादुर गुरुङ् अक्कल बिरही, उत्कृष्ट लाईभ दोहोरी ठाडो भाका गायन (महिला)को अवार्ड अनिता गुरुङ्, उत्कृष्ट ठाडो भाका गायन (महिला)मा सीतादेवी दुरा, उत्कृष्ट ठाडो भाका गायक पुरुषमा बुद्धिमान गुरुङ्, उत्कृष्ट काठे गायक महिलामा शोभा क्षेत्री, उत्कृष्ट गायक डेब्यु महिलामा अन्शु उप्रेती रहनुभएको थियो । त्यस्तै उत्कृष्ट गीतकार आधुनिकमा युवराज अधिकारी, उत्कृष्ट संगीतकार आधुनिकमा कृति न्यौपाने, उत्कृष्ट तामाङ भाषा चलचित्र लेखकमा ऋतुराज पाख्रिन, उत्कृष्ट तामाङ सेलो मोडलमा प्रबल थिङ, उत्कृष्ट मोडलमा संजित भण्डारी, उत्कृष्ट चरित्र अभिनेता पवनप्रसाद खतिवडा ‘बाबा’, उत्कृष्ट अभिनेत्री टेलिचलचित्रमा रियाशा दाहाल, उत्कृष्ट डेब्यु मोडलमा मेग सुवेदी, उत्कृष्ट सामाजिक अभियन्तामा केपी खनाल, उत्कृष्ट समाजसेवीमा रन्जिता गुरुङ, उत्कृष्ट कस्मेटोलोजीमा मन्दिरा खड्का ‘हायु’, उत्कृष्ट महिला उद्यमीमा अरुणा सुवेदीले अवार्ड हात आफ्नो पोल्टामा पार्नुभएको थियो ।

आयोजक समितिका अध्यक्ष नायक श्रीदेव भट्टराईको सभापतित्वमा सम्पन्न उक्त समारोहको व्यबस्थापन सञ्चारकर्मी राज लुईटेलले गर्नुभएको थियो भने सञ्चालन ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेलले गर्नुभएको थियो ।

अवार्ड विजेता तथा सम्मानित व्यक्तित्वलाई एनआरएनए, थाईलैण्डका अध्यक्ष भविन्द्र बस्नेतले शुभकामना तथा वधाईसहित विदाई गर्नुभएको थियो ।

राष्टखवर, पव्लिक सूचना, नेपाल एयरलाईन्स, बोन ट्राभल्स लगायतको सहयोग रहेको कार्यक्रमअघि भियतनाम तथा कम्बोडियामा ग्लोबल टुरिज्म कन्फ्रेन्सको समेत आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नायक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया