सन्तुले पहिरीन मिसेस डिभाको ताज

इनेप्लिज २०८० चैत १९ गते २३:५६ मा प्रकाशित

यसपालीको मिसेस डिमा नेपालको ताज कपन काठमाडौँ की सन्तु लामा गुरुङले पहिरीन सफल भएकी छन् । राजधान को म्युजिक सिटी स्टु‌डि‌योमा सोमबार अपरान्ह सम्पन्न कार्यक्रममा विद्या केसी खड्‌का फस्ट रनर अप तथा पवित्रा श्रेष्ठ सेकेन्ड रनर अप हुन सफल भएका छन् । हिमालयन मुभिज् प्रोडक्सन हाउस द्वाराआयोजित सो कार्यक्रम, कार्यक्रमको तेस्रो संस्करण हो।

सुन्दर ओपनिङ, नृत्यबाट सुरु भएको कार्यक्रममा करिव एक दर्जन प्रतियोगीहरुलेपरिचयात्मक चरण, फेशन सो, प्रश्नोत्तर चरण, लिखीत चरण हुँदै क्राउनिङ चरणसम्म पुग्दा आफुलाई कुशल फाइनलिस्टको रूपमा प्रस्तुत गराएका थिए । कार्यक्रमको नृत्य, क्याटवाक तथा सम्पूर्ण तीन साताको प्रशिक्षण चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा सम्पन्न भाएको थियो ।

कार्यक्रमको मध्यान्तरमा कोरियोग्राफर सुब्वा आफैं समेत स्टेज मा आर्कषक पहिरनमा उत्रेकीथिइन् । कार्यक्रम‌मा विविध सबटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो जसमा बिजेता सन्तु लामा गुरुङले मोस्ट डिलिजेन्ट एवं मोस्ट पपुलर, फस्ट रनरअप विद्या के सी,खडकाले मोस्ट एक्टीभ, सेकेन्ड रनर अप पवित्रा श्रेष्ठले बेस्ट फोटोजेनिक, वेस्ट ट्यालेन्ट तथा पव्लिक भिडियो च्वाइस अवार्ड जितेका थिए।

त्यस्तै गरी बिष्नु सर्तुरे मोस्ट स्माट, उर्मिला थापा बेस्ट पर्सनालिटी, राजकुमारी राउत बेस्ट डिसीप्लीन, उर्वशी श्रेष्ठ वेस्ट कम्प्लेक्सन, कृतिका बुढाथोकी मोस्ट कन्फिडेन्ट र रोजी ब्लोनले मोस्ट चार्मिङ अवार्ड जित्न सफल भएका थिए ।

कलाकारहरु‌को विविध नृत्य प्रस्तुति समेत रहेको सो कार्यक्रमको निर्णायकमण्डलमा अभिनेता चलचित्रकर्मी सिमान्त उदास, नायक तथा इभेन्टकर्मी एस राजगराच, कस्मेटोलोजिस्ट तथा सौन्दर्यकर्मी डा। रेखा थापा, मिसेस मंगोल नेपाल२०२२ सम्झना तामाङ तथा मिसेस नेपाल आइडल २०२४ निशु काफ्ले रहेका थिए । कार्यक्रम‌को सञ्चालन रोजिन शाक्यले गरेका थिए।

प्रतिक्रिया