इजरायली सेना गाजाको अल-सिफा अस्पतालबाट दुई हप्ताको आक्रमणपछि फिर्ता

इनेप्लिज २०८० चैत १९ गते १०:०४ मा प्रकाशित

इजरायली सेनाले गाजाको अल-सिफा अस्पतालबाट दुई हप्ताको आक्रमणपछि आफ्ना सेनाहरुलाई फिर्ता बोलाएको छ ।

इजरायली सेनाले आज बिहान गाजाको मुख्य अस्पतालबाट आफ्ना सेना र युद्ध बख्तरबन्द (ट्याङ्क)हरू दुई हप्तासम्म चलेको आक्रमणपछि सेनाहरुलाई फिर्ता बोलाएको एनबिसीन्यूजले जनाएको छ ।

इजरायल रक्षाबलले एक विज्ञप्तिमा सेनाले प्यालेस्टिनी लडाकुहरूलाई नजिकको झडपमा मारेको र हतियार र गुप्तचर कागजातहरू कब्जा गरेको जनाएको छ ।

प्यालेस्टिनी अधिकारीहरूले फिर्ताको पुष्टि गरेका छन् । त्यहाँ आज बिहान मानिसहरूलाई भारी क्षतिग्रस्त स्थलबाट भागेको देखेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले चिकित्सा सुबिधामा इजरायलीले गरेको घेराबन्दीको कारण २१ बिरामीको मृत्यु भएको र त्यहाँ आश्रयमा रहेका बिरामी र विस्थापित नागरिकहरूलाई चिकित्सा हेरचाह र खानाको अभावमा अस्वच्छ अवस्थामा छोडिएको बताएको छ।

प्रतिक्रिया